Home » » प्रमुख तीन दलको बैठक स्थगित

प्रमुख तीन दलको बैठक स्थगित

Written By Admins on Sunday, April 1, 2012 | 4:33 AM

काठमाडौं, चैत १९ । आज (आइतबार) बस्ने भनिएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । आइतबार शान्ति मन्त्रालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेपाली काँग्रेसका नेताहरु उपत्यकाबाहिर रहेकाले बैठक स्थगित भएको जनाइएको छ । आजको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणमा बाँकी रहेका मुद्धाहरुलाई टुङ्गोमा लाने विषयमा छलफल हुने बताइएको थियो । यसअघि तीन दलको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन प्रक्रिया अगाडि बढाइएको थियो ।

आजको बैठकमा वेपत्ता छानविन आयोग गठनका विषमया पनि छलफल गर्ने बताइएको थियो । दलहरुले मेलमिलाप, परिपुरण, क्षमादान र कारवाहीको सत्य निरुपण तथा मेलमिलाप आयोगको कामकारवाहीको का छन् । पहिले मेलमिलाप वा सहमतिको प्रयास हुने, पीडितले क्षतिपूर्ती पाउने र पीडकले पश्चाताप गर्ने, त्यसो हुन नसके कारबाहीको सिफारिश हुने सैद्धान्तिक अवधारणा समेत बनेको छ । लामो समयदेखि दलहरुका बीचमा शान्ति प्रक्रिया सेना समायोजनका विषयमा सहमति जुट्न नसक्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठनको विषयमा ठोस सहमति बन्न सकेको थिएन ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS