Home » » नयाँ वर्ष व्यर्थम़ा नबितोस !

नयाँ वर्ष व्यर्थम़ा नबितोस !

Written By Admins on Saturday, April 23, 2011 | 4:26 AM

हामी माझ नयाँ २०६८ साल भित्रिएको छ l यो वर्ष देशम शान्ति र संविधान जारी गरिसक्नु पर्ने वर्ष पनि हो l २०६८ साल जेठ १४ गते भित्र देशमा जारी शान्ति प्रक्रिया टुंग्यएर नयाँ संविधान पाईसक्नु पर्ने मिति हो l सबै राजनीतिदलहरुले मुखमा कुरालाई वारम्बार दोहोर्यर पनि व्यवहारतमा यो कुरा देखिएको छैन l देशले आगामी जेठ १४ गते नयाँ संविधान नपाउने लगभग पकपक्की जस्तै छ l अहिलेसम्म दलहरुले संविधान निर्माणम़ा चासो देखाउन नसक्दा यो अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरुले बताउछन l

२०६८ साल बैशाख १ गतेको दिन जसरि शुरु भयो त्यसले निश्चय पनि सुखद शुरुवात गरेको छैन l संविधान जारी गर्नु पर्ने मिति डेड महिना पनि बाँकी नरहेको अवस्थामा नयाँ वर्षको अवसरमा प्रधानमन्त्री झलकनाथ खनालले आयोजना गरेको कार्यक्रम उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले वहिस्कार गरे भने ओलीकै नेतृत्वम़ा माओबादी बिरुद्द शान्ति र्याली गरियो l भनिन्छ घटनाक्रमलाई देखाऊछ l यदि नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ म़ा देखिएको घटनाक्रमलाई आधार मानेर हेर्ने हो भने मुलुकले आगामी जेठ १४ गते संविधान नपाउने निश्चित छ l यसलाई थप अराजकता र अस्थिरता तर्फ अगाडी बढाउने छनक दिएको छ l

बैशाख १ गते दुई ठुला कार्यक्रम भए काठमान्डौम़ा l एक प्रधानमन्त्री झलकनाथ खनालको चियापान अर्को केपी ओलीकै नेतृत्वम़ा शान्ति र्याली l प्रधानमन्त्री खनालले वालुवाटारमा गरेको चियापान कार्यक्रमम़ा राष्ट्रपति डा. रामवरण यादब, सभामुख नेम्बांग, एकिकृत म़ाओबदीका अध्यक्ष पुष्पकमल दाहाल लगायतको सहभागिता थियो l तर, प्रधानमन्त्री खनालको चियापान उनकै पार्टीका दुई वरिष्ठ नेता माधबकुमार नेपाल र केपी ओलीले
वहिस्कार गरे भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस  सभापति सुशिला कोइराला र संसदीय दलका नेता राम चन्द्र पौडेलले पनि वहिस्कार गरे l

विभिन्न वाहनाम़ा अहिले पनि शान्ति प्रक्रिया टुङ्गो पुरयौना नदिने र नयाँ संविधान जारी गर्न नदिएर मुलुकलाई दुर्घटनाको संघारमा पुर्याउने
स्थिती देखा परेको छ l यसले २०६८ साल पनि व्यर्थ बित्ने संकेत गर्दछ l हामी नागरिक आन्दोलनको नाममा भएको राजनीतिक गतिविधिलाई खबदार गर्छौ र वास्तविक नागरिक आन्दोलनको शुरुवात होस् भन्ने चाहन्छौ, जस्ले मुलुकको निकाशका लागि निर्णयक भूमिका खेल्न सकोस l जुन दिनप्रतिदिन अपरिहार्य बन्दै गएको छ l नागरिक दबाबबिना दलहरुबीच जारी आन्तरीक फुट र बिभाजन एवं बेमेलको स्थिति अन्त्य हुदैन l तवसम्म उनीहरु आपसी लडाई र झगडा छोडेर मुलुक र जनताप्रतिको उत्तरदायित्व अबिलम्ब पुरा गर्नतर्फ अग्रसर हुदैनन् l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS