Home » » पुर्वराजा विरेन्द्रको ४३ हजार स्ट्र्लिंग पाउण्ड बैंकमा !

पुर्वराजा विरेन्द्रको ४३ हजार स्ट्र्लिंग पाउण्ड बैंकमा !

Written By Admins on Wednesday, April 20, 2011 | 10:49 PM

पूर्वराजा विरेन्द्र शाहको सम्पत्तिमध्ये ४३ हजार पाउण्ड स्तर्लिंग किस्ट बैंकमा खाता खोलेर राखिएको छ l विरेन्द्रको नाममा रहेको सम्पत्ति व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टको कार्यलयले प्रधानमन्त्री झलकनाथ खनालसंग गत बिहिबार पेश गरेको बार्षिक प्रतिवेदन २०६६/६७ मा आफ्नो यस्तो उल्लेख छ l

यसैगरी हालसम्म नबिल बैंक,होटेल डेला अन्नपुर्ण र औधोगिक विकास निगमबाट एकलाख ४२ हजार ५०३ कित्ता सेयर ट्रस्टको स्वामित्वमा आएको लिज/ भाडामा दिईएका विभिन्न सम्पत्तिबाट रु नौ करोड २७ लाख रकम प्राप्त भएको ट्रस्टले जनाएको छ l नेपाल ट्रस्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा पाँचहजार ६४ रोपनी क्षेत्रफल घरजग्गा प्राप्त भएको तथा चालु आर्थिक वर्षमा पोखराको रत्नमन्दिर र भक्तपुरको दियालो बङ्गलाजस्ता महत्वपूर्ण भवन तथा जग्गासमेत नेपाल ट्रस्टमा आएको ट्रस्टका कार्यलय सचिव शंकरप्रसाद कोइरालाले जानकारी गराउनु भयो l

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री खनालले ट्रस्टलाई योजना तथा कार्यक्रमका साथ अघि बढाउने स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएका तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सम्वर्द्दन तथा विकासका लागि बढी ध्यान केन्द्रित गर्न आग्रह गर्नु भयो l उहाँको ट्रस्टको सम्पत्तिबाट दुर्गम क्षेत्र शिक्षा तथा स्वास्थ्यका कार्यक्रम संचालन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो l        

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS