झन्डै ३५ बर्षसम्म नेपाली राजनैतिकमा लागेको पुष्पकमल दाहाल आज एकाएक फेरिएका छन् l १२ वर्षको जनयुद्दकालमा जति चर्चित थिए l उति चर्चामा अहिले उनि छैन l किनकी उस्कै भाषामा भन्नु पर्दा जव माओबादी शान्ति वार्तापछि बाहिर आए त्यहाँ देखि उनी सुकिला-मुकिला भएका छन् l हिजाका दिनमा जनताको शासन ल्याउछु भनेर सारा चिज त्यागेर जनयुद्दमा लागेका प्रचण्ड आज शहरिए वातावरण संगै पुँजीवादको उकालत गर्न ठालेका छन् l त्यसैले संसारमा कम्युनिष्टहरु मार्क्सवादको चिन्तनबाट पुँजीवादको जालोमा पुग्छ भने संसारका कम्युनिष्ट आन्दोलनहरु विचैमा टुंगिन्छन l र, त्यसैको उदाहरण हो हाम्रो देश नेपाल पनि l
नेपालमा माओबादीका नेतृत्व प्रचण्ड आज एकाएक फेरिएको घटनाले नेपालका सच्चा क्रान्तिकारीहरु फेरी संगठित हुनु पर्ने अवस्था आएको हैन भन्ने प्रश्नले गाँजेको छ l बिगतमा विश्वकै क्रान्तिकारी भित्र पर्ने नेकपा माओबादी आज फेरिएको समाचारले संसारभरका क्रान्तिकारी आन्दोलनलाई निरास तुल्याएको छ भन्दा फरक नपर्ला l प्रचण्डको नेतृत्वमा हिजो ठुला-ठुला भिषण लडाई नेपालभरी नै भयो l त्यसबेला नेपाली आम जनताले आफ्नो सुनौलो दिनको कल्पना नगरेको होइन l तर बिडम्वना ती सबै सपनामा मात्र सिमित रह्यो l जहाँसम्म लाग्छ माओबदी शान्तिपूर्ण वार्तापछि बाहिर आएपछि प्रचण्डले आफ्नो रुप फेरिएको हुन् भन्ने हाम्रो व्यक्तिगत ठम्याई छ l नेपाली जनतालाई मर्ने र मार्ने काम समेत उहीबाट भएको थियो l मर्ने र मार्ने काम गरेतापनि जुनबाटोको लागि युद्द छेडिएको थिए त्यसलाई निष्कर्षसम्म पुर्याएर मात्र टुंगिनु पर्थ्यो l
त्यसैले आजकाल प्रचण्ड फेरिएको हुन त भन्ने प्रश्नले आम सच्चा नेपाली जनताहरुले वरम्वर घोत्लिएर सोच्दैछन् l ति १२ वर्षको युद्दमा नेपाली जनतालाई प्रयोग गरेर आफ्नो पहिचान बनाएको प्रचण्ड आज सुकिला-मुकिला हुनु हुदैन थियो l कारणबस भईहालेपनि हिजोका आफ्नो बाटो छोड्नु हुदैन थियो l जेहोस प्रचण्ड फेरिएकै हो भन्नु माओबादी भित्रका सबै संरचना फेरिएकै हो भन्नु गलत हुनसक्छ l त्यसैले प्रचण्ड फेरिएपनि माओबादीको आफ्नो स्प्रिट नफेरुन यहि कामना l
Home »
» हिजो र आजको प्रचण्ड !
0 : बिचार र सुझाबहरु:
Post a Comment