पृथ्वीको उत्पत्तिसंगै बनेका यी प्राकृतिक सम्पादालाई हामी सारा मानव जातिले उपभोग गरिरहेका छन् l यस्तै एउटा ठाउ हो हाम्रो देश नेपाल l भूगोलको मानचित्रमा देख्न गाह्रो हाम्रो देश नेपालमा प्राकृतिक सम्पादाको ठुलो धनी छौं हामी नेपालीहरु l भन्नु नै पर्दा नेपालीहरु जन्मिदै गौरवगाथा बोकेर आएका हुन्छन् l यो नै हाम्रो लागि मेटाउन नसक्ने इज्जत र सम्मान हो l
नेपाल भित्र मात्र झन्डै ५०० को हारहारीमा चर्चित डाँडा-काँडाहरु छन् l त्यही डाँडाकाडाको नामले संसारका हजारौ पर्यटकहरु घुम्न रुचाउछन् नेपालमा l मलाई लाग्छ हामीले राज्यको पहुँचलाई ती सुन्दर प्राकृतिक संग तालमेल मिलाउन सकेमा सुन्दर माथि अर्को सुन्दरता थप हुने थियो l
ति सुन्दरताको नामबाट चिनिने र देखिने एउटा ठाउ "म्याग्दी भुरुंग तातोपानी" जुन ठाउमा राज्यको कुनै पनि स्रोत साधन पुग्दैन l त्यसैले हामी ती सुन्दरताको रुपलाई बुझ्न पनि सक्दैन l जव ती प्राकृतिक सुन्दरताको ठाउलाई नियालेर हेर्न खोज्न थाल्दैनौ तवसम्म ती हामी सामू रहेका कयौं प्राकृतिक सुन्दरताको महत्व र अर्थ हुदैन l
त्यसैको एउटा उदाहरण हो पश्चिमी म्याग्दी जिल्लाको भुरुंग तातोपानी गाउँ l जहाँ शिक्षाको अभाव, भौतिक पूर्वाधारको खाँचो छ l तैपनि त्यहाँ बस्ने तमाम मानव समाजले इज्जतको सम्मान, बेइमानको घृणा गर्छन् l आफ्नो जिन्दगीको वाटो खोजिरहेका ती मानिसहरुले सुन्दर प्राकृतिक संग घुलमिल गर्न नचाहेको होइनन् l चाहेर पनि आफ्नो पहुँचले नभ्याएपछि ती समाजले सुन्दर प्राकृतिकलाई दिनानुदिन छोडेर पलायन हुदैछन् l यो नै दु:ख लाग्दो कुरा हो तपाई हामी मा l भुरुंग तातोपानी जस्ता कयौ सुन्दर गाउठाउँलाई भौतिक पूर्वाधारको संगम गराउन हाम्रो राज्य तयार भए ती ठाउमा विदेशवाट ओइरिने पर्यटकबाट हाम्रो पनि कमाउने माध्यम हुन्थ्यो l र, यही सुन्दर प्राकृतिकलाई एउटा आमस्रोतको बाटो हुनसक्छ l यसका लागि संधै वैदेशिक रोजगार ताक्ने युवा-युवतीले चिसो दिमागले सोच्ने हो की ?
वहुदलीय व्यवस्था भित्र देशलाई दुजा-दुजा पारेर रमाउने ती भ्रष्टनेताहरुले लोकतन्त्र आएपछि युवाहरुलाई गाउबाट पलायन गराउदै छन् l लोकतन्त्रमा जनताको अधिकार सुनिश्चित हुन्छ भन्नेहरुले विदेशको गुलाम गराउन वाध्य वनाएका छन् l तर, हामी संग भएका प्राकृतिक सम्पत्ति त्यतिकै खेर गइरहेको कुरा हामीले विर्सिनु हुदैन l
त्यो ठाउमा प्राकृतिक संग संगै त्यहा बसोवास गर्ने आदिवासी जनजातीहरुको धर्म, संस्कृति र रितिरिवाज पनि एउटा स्रोत र साधन हो l ती सबै देशको आर्थिक समृद्दीको एउटा पाटो हो भनेर राजनेताहरुले वुझेको भए साहेत आज नेपाल विश्वकै एउटा नमुना देश बन्ने थियो l देशका राजनेताहरुले यी कुराको एकिन हेक्का नराख्दा आज देश झन्-झन् दुर्गति दिशा तर्फ फसिरहेका छन् l यो नै तपाई हाम्रो दुर्भाग्य हो l
0 : बिचार र सुझाबहरु:
Post a Comment