१८ माघ, काठमाडौं । । दुई दशकपछि एकसाथ सुदूरपश्चिम आएको एमाल नेतृत्व मंगलबार एउटै मञ्चमा देखिएको छ ।
पार्टीको महाकाली अञ्चल स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणका क्रममा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, र वामदेव गौतम तथा महासचिव ईश्वर पोखरेल मंगलबार महेन्द्रनगरको खुलामञ्चमा एक्साथ देखिए । उनीहरुलाई एकसथा देख्दा यहाँका कार्यकर्ताले दुर्य दशकअघिको आमसभाको स्मरण गरे । २०४७ सालमा तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा एमाले शीर्ष नेतृत्व सुदूरपश्चिम दौडाहामा आएको थियो ।
त्यतिबेला दौडाहाको उद्येस्य महाकाली सन्धिका विषयमा जनतामा एमालेको धारणा राख्नु थियो । यति बेला भने एमाले नेताहरु एकताको सन्देश दिन सुदूरपश्चिम आएका हुन् । आजको नागरिक दैनिकमा छापिएको समाचारमा लेखिएको छ, एमाले नेताहरुले आमसभामार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment