Home » » ''देशको चिन्तन''

''देशको चिन्तन''

Written By Admins on Thursday, February 17, 2011 | 12:58 AM

देशमा आज नयाँ मन्त्री मण्डल बन्दैछन l देशमा बिगत बर्षदेखि वेरोजगारी/ अशिक्षा/ अशान्ति र भौतिक रुपमा शहरबासी बीच विधुतीय असरले नेपालमा दैनिकी रुपमा १ करोड भन्दा बढी क्षेती व्यहोर्दै आइरहेको छ l दैनिक १४ घण्टाको रुपमा लोडसेटिंगले देशलाई ठुलो घाटा पुर्याएको छ l प्रधानमन्त्री जस्तो देशलाई हाँक्ने व्यक्तिको चयन गर्न १२-१३ महिना लाग्छ भने भौतिक रुपमा बनाउनु पर्ने पूर्वाधारको सुविधा लिनु भनेको मनोज गजुरेताको हाँस्य व्यङ्ग्य कमिटी नेपालले अमेरीकालाई ऋण, चीनलाई आर्थिक सहयोग, जर्मनबाट कामदार ल्याएको कुरा जस्तै हो l त्यसैले लोडसेटिंग निर्मुल पार्नका लागि जवसम्म राजनैतिक नेतृत्वहरु परिपक्का र देशप्रतिको चिन्तन हुदैन तवसम्म यी लोडसेटिंग जस्ता ठुला-ठुला विकरल समस्याले देशलाई गाँजी रहन्छन l यी बिकरल समस्याको समाधान गर्नका लागि तपाई हामीमा एक बिशाल योजनाको अति नै आवस्यकता छ l र ति आजभोलि देखेका यी पहाड भन्दा बिशाल चुनौतीका लागि लड्न सक्छौ l हामी नेपाली जनताले १२-१३ घण्टा लोडसेटिंग भयो मात्र भनेर हात बाँधेर बसेर गाली सबै राजनैतिक नेताहरुलाई मात्र दोषदिने हो भने अवको १०० वर्षमा पनि हामी नेपालीहरु यहि अवस्थामा रहने छौ l सकिन्छ भने, सारा चुनौतीका बीच हामी राजनैतिक नेतृत्वहरुलाई संग-संगै लिएर देशका लागि केहि गरौ भन्ने भावनाको विकास हाम्रो सन्ततिलाई बनाउनु नै आजको मूल सन्देश होला l र लोडसेटिंगलाई मात्र वढी प्राथमिकता दिएर बिरोध र समर्थन गर्नु हामी सबै मुर्ख हुने हो l त्यसैले सबै नेपाली जनताले देशको चिन्तना गर्नु आजको आवस्यकता भईसकेको छ l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS