Home » » अश्लिल फिलिमको अखडा बन्दैछ नेपालमा !

अश्लिल फिलिमको अखडा बन्दैछ नेपालमा !

Written By Admins on Wednesday, April 13, 2011 | 10:34 PM

सगरमाथा जस्तो उच्च शिखर र प्राकृतिक सौर्न्दयताको भरिपूर्ण भएको हाम्रो देश नेपाल यतिखेर ब्लू फिल्म अर्थात अश्लिल चलचित्र निर्माण हुने अखडाको रुपमा विकसित हुदैँछ । सस्तो मोबाइल फोन, क्यामेरा र कम्प्यूटरको माध्यमबाट नेपाली समाजमा निर्मित घरेलु अश्लिल फिल्महरु संसारभर फैलिदै छ । सन् ८० को दशक भारत र बैककमा तस्करी हुने तिनै अश्लिल फिल्महरु अहिले हाम्रा घरछेऊ, छरछिमेकमा बन्न थालेका छन्

केही दशकअघिसम्म पश्चिमा देशहरुमा निर्माण भएका अङ्ग्रेजी अश्लिल फिल्महरु समेत पाइन मुश्किल पर्ने नेपाली समाजमा आफ्नै अनुहार गरेका नेपाली अश्लिल फिल्महरु छ्यापछ्याप्ती पाइन थालेको छ । नेपाली समाजमा उच्च प्रतिष्ठा र समाजको लोकाचारको मुकुण्डो ओड्नेहरु क्रमशः उदाङ्गो हुदैँछन् । घर बाहिर-बाहिर ठूलो लोकाचारको गफ दिन तर भित्र-भित्र नाङ्गा अश्लिल फिल्महरु हेर्दै रमाउने माध्यम वर्गिय नेपाली पुरुष मात्र होइन चूल्हाचौकामा सीमित मानिएका नेपाली महिलाहरु समेत विश्वब्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन् ।

सुरुमा प्रेमको मनोवृत्ति देखाएर बिश्वास दिलाउने र अन्त्यमा यौनकर्म गरी गोप्य रुपमा अश्लिल फिल्महरु बनाउने खालका जमातहरु बढ्दै छन् यतिखेर । गोप्य रुपमा खिचिएका त्यस्ता अश्लिल चलचित्रहरु प्राबिधिक रुपमा कमसल हुन्छन् भने ब्यवसायका लागि खिचिएका त्यस्ता फिल्महरु प्राबिधिक हिसाबले गुणस्तरीय हुने गरेका छन् । क्याम्पस परिसर, छात्राबास , होटल तथा रेष्टुँराहरुमा यौनकर्म गरी मोबाइल तथा भिडियो क्यामेराबाट खिचिएका नेपाली अश्लिल फिल्महरु अहिले बग्रेंल्ती पाइन थालेका छन् ।

माग बढ्दै

नेपाली समाज भारतीय र मुस्लिम समाजजस्तै बन्द समाज र संस्कृतिमा आधारित छ । नेपालमा बन्द समाज र संस्कृति भएकै कारण सबैको चासोको विषय बनेको छ । जसले गर्दा नेपाली अश्लिल फिल्महरुको माग बढ्दै गएको छ । सांस्कृतिक रुपले धेरै समान रहेको हाम्रो छिमेकी देश भारतले विश्व सुन्दरी प्रतियोगितामा देखाउँदै आएको नेतृत्वदायी उपस्थिति र संख्यात्मक रुपमाले हलिवुडलाई पछाडि पार्दै गइरहेका बलिवुडका फिल्मले भारतको सांस्कृतिक प्रभाव विश्वभर फैलिदै गएको छ त्यसैले पूर्वीय बन्द संस्कृति, अन्तरमुखी र लज्जालु युवतिहरुका कारण यौन बजारमा नेपाली अश्लिल फिल्महरुको माग बढेको अनुमान गर्न सकिन्छ ।

नेपालमा यौन पर्यटन विकसित हुँदै
नेपालको प्राकृतिक सुन्दरता र अनुपम दृश्यहरु हेर्नका लागि विश्वका कुना-कुनाबाट विदेशीहरु नेपाल भ्रमण गर्न आउने गरेका छन् । एक तथ्यांकअनुसार नेपाल भ्रमण गर्न आउने त्यी विदेशी पर्यटकहरु मध्ये २० प्रतिशत पर्यटकहरु अश्लिल फिल्म निर्माण गर्न र नेपाली युवतिहरुसँग यौन आनन्द लिन आउने गरेको दाबी छ । उनिहरु सोझै नेपालका यौनकर्मी महिलाहरुसँग सम्झौता गरी अश्लिल फिल्म निर्माण गर्ने गर्दछन् । करिब २०/३० हजार नेपाली रुपैयाँमा अश्लिल फिल्म धमाधम निर्माण गरी नेपालमा सार्वजनिक नगर्ने सर्तमा इन्टरनेटबाट खुलेआम बेचबिखन गर्ने गरिन्छ । यसरी विदेशी पर्यटकहरु नेपाल आएर अश्लिल फिल्म निर्माण गर्दै महँगो मूल्यमा बेच्ने र मोटो रकम हात पार्ने गरेका छन् ।

कमजोर कानूनी संयन्त्र
यसरी नेपाली अश्लिल फिल्महरु निर्माण गरिनुमा कमजोर कानूनी संयन्त्र पनि एक हो । प्रत्यक्ष यौनकर्म गरिरहेका बेला रङ्गेहात समातिएका यौनजोडीहरुलाई पनि प्रहरीले कडा कार्वाही गर्न सकेको छैन । समातिएकाहरु पनि धरौटीमा रिहा हुने गरेका छन् । पछिल्लो समयमा गायक तथा हाँस्यकलाकार प्रकाश ओझाले इटहरीकै ज्योति खड्का उर्फ जेसिका खड्कालाई 'ब्ल्याक मेलिङ्ग' गरि अश्लिल चलचित्र निर्माण गरेको आरोपमा केही वर्षजेल राखी धरौटीमा छाडिएको थियो । यसरी प्रहरी प्रशासनले घटनाको खोजीनीति नै नगरि धरौटीका भरमा अपराधीहरुलाई छाड्ने प्रवृत्तिले गर्दा यस्ता कार्य गर्नेहरु उत्साहित भएका हुन् ।

रहलमा, पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दिनदिनै यस्तो यौन स्वच्छन्दता बढ्दै गएको छ । यो भन्दा भयावह स्थिति सिर्जना हुन नदिन सम्बन्धित निकायका साथसाथै हामीहरुले पनि त्यस्ता कार्यहरुलाई निरुत्साहित पार्नुपर्छ । समाजमा सरिफपनको मुकुण्डो ओढ्ने र भित्रभित्रै त्यस्ता गलत कार्य गर्नेहरुको पर्दाफास गर्नु हाम्रो दायित्व हुनजान्छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS