Home » » आदिवासी जनजातिहरुले भुल्न नहुने इतिहास

आदिवासी जनजातिहरुले भुल्न नहुने इतिहास

Written By Admins on Thursday, January 26, 2012 | 5:20 PM

प्रवासी यात्रा डट् कम-

इतिहासमा हामी आदिवासी जनजातिलाई रुवाईएको, भुलाएको र दमन गरिएको कुरा भुल्नु हुदैन l २२ सय २४ सय राज्यलाई नेपाल एकिकरणको नाम हाम्रा पुर्खाको साना-साना राज्यलाई ध्वस्त बनाउदै ती शाह वंशले आफ्नो उपस्थिति संगै आदिवासी जनजातिलाई हरेक क्षेत्रबाट पलायन गराएको इतिहास हामी सामू छर्लांग छ l



२३८ वर्षको शासनकालमा हामी आदिवासी जनजातिलाई उपेक्षित धेरै गर्यो l धुमरो पाराले हामीलाई उपेक्षित गराएको कुरा समयको कालखण्डमा हाम्रा आदिवासीहरुले बुझेका छन् l २३८ वर्ष पछि शाहवंशको अन्त्य भए लगातै आदिवासीहरुलाई शोषण, दमन र अधिकारबाट बन्चित अझै यो सत्ताले गर्दै छन् l सन् ९० को दशकमा सर्वहारा जनताको दिन ल्याउनु पर्छ भन्दै ठुलो आन्दोलन गर्न यी ब्राह्मण, क्षेत्रीको नेतृत्वमा शुरु भयो l

यो सर्वहारा जनताको आन्दोलनलाई सफल पार्न हाम्रा आदिवासी जनजातिका युवा-युवतीले ठुलो योगदान दियो l त्यस युद्दमा स्थानीय देखि केन्द्रसम्म उनै ब्राह्मण, क्षेत्रीको हावी रह्यो l त्यस युद्दमा हाम्रा जातिलाई मार्न र मराउने उनै व्राहमण नेतृत्वले हौसाएँ l महल, सुबिधा उपभोग गर्ने वेलामा तिनै व्राहमण, क्षेत्री अगाडी छन् l हामी आदिवासी जनजातिले खोजेको हाम्रो अधिकार कहाँ पुग्यो त ? यो प्रश्न माओवादी कमरेड हरुसंग राख्न चाहन्छु l किनकि जातिय नारा दिएर आफ्नो स्वार्थी पुरा गर्ने कुटिला योजना हामी सोझा आदिवासीहरुलाई दियो l माओवादी युद्दमा झन्डै हाम्रै मात्र जाति वढी भन्दा वढी मारिएका छन् l यस्को रहस्य के हो त ? भने हामी पर्योग मात्र भएको हो l

आज संविधान सभाको चुनाव भइसकेपनि संविधान लेख्ने कुरामा हाम्रो अधिकारलाई किन बन्चित बनाउन खोज्छन् ? एमाले, कांग्रेस र माओवादीले आफ्नो एकतावद्द सहमति नभएपनि सारांशमा हामी आदिवासीहरुलाई अधिकारबाट पूर्ण बन्चित बनाउन खोजेको तथ्य पछिल्लो उनीहरुको व्यवहारले वुझ्न सकिन्छ l

अहिले नेपालमा रहेका आदिवासी नेतृत्वहरुले वुझीसकेका छन् l अर्को युद्द वा आन्दोलन नगरी अधिकार पाउदैन भन्ने कुरा l माओवादीको युद्दमा बन्दुक बोकेका हाम्रा ती हातहरुले अधिकारको निम्ति अर्को बन्दुक बोक्न हामीलाई गाह्रो छैन भन्ने हेक्का ती ब्राह्मण-क्षेत्रीका नेताहरुले बुझ्न पर्छ l हाम्रो सन्तती धेरै मारिएका छन् l र, मारिएका हाम्रा सन्ततीहरु आधिकार पाउने/ खोज्ने क्रममा मारिएका हुन् l तर आधिकारबाट बन्चित गराई रहे l ती कुरा अहिले मात्र हामीले बुझेका होइन l धेरै भोगी सकेका ती पीडालाई बुझेर बन्दुकको गोली होइन ठुला-ठुला रसायन बमको समेत कुनै प्रवाह नगरी आधिकारको निम्ति हाम्रै जातिय आधिवेहेरी ल्याउनु आजको आदिवासी जनजाति नेपालले कदम चाल्दै छन् l

अधिकारको लागि यो ज्यानलाई रोवर्डको शक्ति झै हात-हातमा बन्दुक अनि अधिकार लिन आतुर हामी छौं l
हामी यो चाहन्छौं आधिकारको लागि शुरुवती शान्तिपूर्ण आन्दोलन हुनेछ l ती आन्दोलनले हामीलाई उपलब्धि दिएन भने त्यसपछिको लडाई मर्ने र मारिने हुनेछ l अझै हामी चाहन्छौ, शान्तिपूर्ण आन्दोलनबाट हाम्रो आधिकार दियोस् l यसका लागि प्रयासरत् छौं l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS