काठमाडौं, माघ १५/संवैधानिक समितिले संविधानसभाको कार्यतालिका फेरि संशोधन गर्ने तयारी गरेको छ । आइतबार बसेको संवैधानिक समितिको बैठकले आगामी माघ २९ गतेसम्म विवादित विषयमा सहमति जुटाउने गरी कार्यतालिका संसोधन गर्ने निर्णय गरेको हो ।
यसअघि विवादित विषय टुग्यांउने भन्दै माघ १५ गतेसम्मका लागि कार्यतालिका संशोधन गरिएको थियो । संविधान लेखनमा अझै एक दर्जन बढी विवादहरु छन् । तर, दलहले संशोधित समयमा पनि सहमति जुटाउन नसकेपछि कार्यतालिका पुन संशोधन गर्ने तयारी गरिएको हो ।
शनिबार बसेको तीन दलको बैठकले पनि सहमतिमा विवाद सुल्झाउने सहमति कायम गर्दै कार्यतालिका संशोधन गर्ने सहमति गरेको थियो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment