उहाँले पेट्रोलियम पदार्थका लागि राज्यले रु २०/२२ अर्ब अनुदान दिँदा पनि आयल निगम सङ्कटमा परेकाले विद्यार्थी तथा न्यून आय भएकालाई मात्रै अनुदान दिने बताउनुभयो। पेट्रोलियम पदार्थमा सरकारले पूरै अनुदान दिन नसक्ने बताउँदै प्रधानमन्त्री भट्टराईले भन्नुभयो–'विद्यार्थी तथा न्यून आय भएकालाई सरकार पेट्रोलियम पदार्थमा अनुदान दिन तयार छ ।'
कतिपय आयोजनामा वैदेशिक लगानी रोक्न माग गर्दै आफ्नै पार्टीका कार्यकर्ताले माग गरिरहेका बेला माओवादी उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री डा भट्टराईले आफ्नो खुट्टामा नउभिँदासम्म विदेशी पूँजी भित्र्याउने पार्टीको नीति रहेको बताउनुभयो ।
दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि वैदेशिक लगानी आवश्यक भएको बताउँदै प्रधानमन्त्री उहाँले भारतसँग गरिएको विपाले नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने बताउनुभयो। भ्रष्टाचार गर्नेलाई कारवाही गर्दा प्रधानमन्त्रीको कुर्सी छाड्न परे पनि कारवाही गरेरै छाड्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री भट्टराईले राष्ट्रिय विकास समृद्धिको तत्कालीन कार्ययोजना बजेटको सीमाभित्रै रहेर ल्याएको स्पष्ट पार्नुभयो । आफनो नेतृत्वको सरकारले विद्युत क्षेत्रको विकासलाई प्रथामिकतामा राखेर यसमा अवरोध गर्न नपाइने ऐन ल्याउने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।
0 : बिचार र सुझाबहरु:
Post a Comment