सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा महतोले अब मधेसी मोर्चाले शान्ति प्रक्रिया, संविधान निर्माण, नेपाली सेनामा मधेसी यूवाहरुको समूहगत प्रवेश र समावेशी विद्येयक ल्याउने सरकारलाई एक महिनाको अल्टिमेटम दिने बताउनु भयो ।
उहाँले भन्नुभयो-’शान्ति प्रक्रिया अगाडि नबढे अब सरकार ढल्छ, कसैले पनि बचाउन सक्दैन ।’ शान्ति, संविधान र मधेसका सवाल पुरा नभएकोले मधेसी मोर्चाकै हैसियतमा प्रश्न उठेको उहाँको भनाई छ । उहाँले भन्नुभयो-’मोर्चाको अस्तित्वमा प्रश्न उठेको छ, यो शान्ति, संविधानकोलागी हो कि मन्त्री उबन्न भनेर । पार्टी फोडेर बनाएको मोर्चाको नियतमाथि मधेसमा पनि प्रश्न उठेको छ । अब जुन उद्देश्यले मोर्चा बनाएको हो त्यो पुष्टि गर्नु पर्छ ।’
माओवादी इमान्दार भएर शान्ति प्रक्रिया अगाडि बढाए यहि सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने भन्दै उहाँले कांग्रेस र एमालेले चाहेको मन्त्रालय दिन आफूहरु तयार रहेको बताउनु भयो । स्वास्थ्यमन्त्री महताले जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय मधेसी मोर्चालाई मान्य नहुने भन्दै कुनै पनि हालतमा कार्यान्वयन हुनै नसक्ने बताउनु भयो ।
महतोले मधेसी पार्टीहरुको फुटाउन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकासचन्द लोहनी र मधेसी मोर्चाकै केही नेता संलग्न रहेको आरोप लगाउनु भयो । मधेसी जनतामा मधेसवादी दलहरुप्रति बितृष्णा फैलाउन केही शक्तिहरु सक्रिय रहेको उहाँको दावी छ । महतोको पार्टीबाट दुई जना सभासदले हालै मात्र नयाँ पार्टी गठन गरेका थिए ।
0 : बिचार र सुझाबहरु:
Post a Comment