काठमाडौं, ११ माघ । प्रधानमन्त्री डा बाबुराम भट्टरार्इ र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ । अध्यक्ष दाहालले सरकार परिवर्तन गर्न लागि परेको चर्चा चलिरहेको बेला उनीहरुबीच गोप्य छलफल सुरु भएको हो ।
भेटमा सरकार परिवर्तन, रोकिएको शान्ति र संविधान निर्माणकाबारेमा छलफल भइरहेको बताइएको छ । दाहाल र प्रधानमन्त्री भट्टरार्इबीचको भेट सकिए लगत्तै सरकारमा सहभागी मधेशी मोर्चासँग उनीहरुले छलफल गर्ने श्रोतको भनाइ छ ।
दलहरुबीचको अवरोध हटाउन आजै साँझ ६ बजेपछि प्रमुख तीनहरुबीच छलफल हुने बताइएको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment