
काठमाडौं, ११ माघ । अर्थमन्त्री वर्षमान पुनःले आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा भोलिदेखि लागु हुनेगरी ५ लाख यूवालाई रोजगार दिने विशेष योजना सार्वजनिक गर्न लागेको स्रोतले बताएको छ । अर्थमन्त्रीले आज अर्थमन्त्रालयमा ०६८÷६९ को मध्यावधी खर्चको छलफल र विश्लेषण कार्यक्रममा वेरोजगार यूवाहरुको लागि रोजगार दिने विशेष कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको हो ।
अर्थमन्त्री पुनःले अर्थमन्त्रालयले सम्हालेयता ११ प्रतिशतमा रहेको राजश्व आम्दानी बढेर २२ प्रतिशतमा पुगेको बताइएको छ । अर्थमन्त्रीले आफूले यसअघि नै यूवाहरुको लागि विशेष कार्यक्रम सार्वजनिक गर्न खोजे पनि प्रधानमन्त्रीले रोक्दै आएको बताउँदै आएका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment