आफूहरुलाई सेना बताउने व्यक्तिहरु पटकपटक घरमा आइरहने गरेकाले उनीहरुले नै बलात्कार गरेका आफन्तले बताएका छन् । आवाजविहीन युवतिले आफूलाई उनीहरु दुवैजनाले बतात्कार गरेको बताएकी छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गणेश वाँस्तोलाको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा पीडितलाई राती १२ बजे अस्पताल ल्याएको हो ।
पीडितका आफन्तले बलात्कार गर्ने सेनाका व्यक्तिहरु रहेको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले सेनाका दुई सिपाहीले बलात्कार गरेको अनुसन्धानले देखाएको जनाएको छ । पीडकहरु भने पक्राउ परेका छैनन् । प्रहरी निरीक्षक गणेश वाँस्तोलाले उनीहरुलाई पक्राउ गरी कार्वाही गर्न सेनाको उच्च निकायमार्फत पहल भइरहेको बताउनुभयो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment