Home » » नेपालका राजनैतिक दलहरुलाई सचेत हुन आव्हान !

नेपालका राजनैतिक दलहरुलाई सचेत हुन आव्हान !

Written By Admins on Tuesday, February 15, 2011 | 2:49 AM

अमेरिकाको शक्तिको रुपमा मध्यपूर्व देश इजिप्टमा लाखौ जनताको सामुहिक आन्दोलनले ३० बर्षे निरंकुस सत्ता १८ दिनको आन्दोलनले समाप्त गरेको छ l अमेरिकाले मध्यपूर्वमा इजरायल पछि हातहतियार सहित ठुलो सहयोग गरिरहने ति देशका इजिप्टयन राष्ट्रपति जनताको सामु घुँडा टेकेका छन् l
मध्यपुर्बमा जनताको आम शक्तिले निरंकुश राज्यसत्ता छोडेर भाग्दैछन् l संसारमा जनताको शक्ति नै ठुलो टोप र बम गोलाको रुपमा सावित भएको तथ्य यी इजिप्टका आन्दोलनलाई लिन सकिन्छ l मध्यपुर्वमा ३ महिनाको बिचमा राष्ट्र प्रमुख देश छोडेर भाग्नेको लहर चलीआएको छ l त्यसैले संसारमा राज्य नेतृत्वले कमजोरी वा देशमा विरोजगारी/ आर्थिक विपन्नता विभिन्न वस्तुको अभाबले जनता सडकमा ओर्लिनु पर्ने वाध्य हुन्छ l त्यही वाध्यताले आम परिवर्तन हुन्छ र भएको छ l इजिप्टको जनताको जितले अमेरिकालाई ठुलो ढक्क मात्र होइन संसारभरीका तानाशाही राज्य प्रणालीलाई चेतावनीको रुपमा सन्देश छाएको छ l
हाम्रो देश नेपालमा पनि महंगी, वेरोजगारी, हरेक खाध्य बस्तुको अभाब र राजनैतिक अस्थिर भइरहने हो भने जनआन्दोलन-३ हुनु सक्छ l यसका लागि लाखौ जनताले सडकमा बलिदान दिने तयार छन् l इजिप्टमा जसरी राष्ट्रपतिलाई सत्ताच्युत गरायो त्यसरी नै नेपालका धमिरा शासकहरुलाई पनि गराउछन् नै l अवपनि नेपाली जनताको आम समस्यालाई मुल्यांकन नगरी पाटी-पाटी बीच लडिरहे जनआन्दोलन ३ हुनु पर्छ l किनकि जव सम्म शासकले आम जनतालाई मुल्यांकन गर्न बिर्सिन्छन भने जनताले आफ्नो अधिकारको लागि जस्तो पनि मूल्य चुकाऊन तयार हुन्छ l त्यसैले नेपालका राजनैतिक दलहरुले अहिले नै सोचेर देश निर्माणमा आम जनतालाई सामेल गराउने तिर पो आग्रसर हुने होकी ?

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS