Home » » राष्ट्रिय रुपमा मिलेर जानुहोस !

राष्ट्रिय रुपमा मिलेर जानुहोस !

Written By Admins on Friday, February 11, 2011 | 1:01 AM

प्रवासी यात्रा डट् कम-

नेपाली राजनैतिकमा शाह राजा, राना र बहुदलीय अभ्यासले जनतालाई विश्वको गरीब भन्दा गरीब मुलुकमा पुर्याएको छ l यी शासकीय प्रणाली भित्र रहेर जनताको भलो चाहने नेत्वृत व्यक्ति जन्मिएको भए हामी बीच अहिले लाखौ युवा-युवती विदेशको गुलाम गर्न  जानु पर्ने थिएन l देशमा कलकारखाना, उधोग धन्दाले प्रचुर रुपमा फट्को लिन्थ्यो l देशमा माओबादी दश बर्षीय युद्द अनि २१ दिने शान्तिपूर्ण आन्दोलनको उपजमा संबिधान बनाउन अग्रसर नेपाली राजनैतिक दलहरु आज एक-एक सत्ताको लोभमा दिन रात तछाड-मछाड गरिरहेको अवस्था छ l आज धेरै महिना पछि देशमा प्रधानमन्त्रीको चयन भएको छ l निकास खोजिरहेको देशले प्रधानमन्त्री नहुँदा देश बर्बादीको अवस्थामा थियो l देशमा वैदेशिक शक्तिहरुको चलखेल र आफ्नै देशको स्थिर राजनैतिक अवस्थाले जनता दिनानुदिन गरिबी र हत्याहिंसा बढेको अवस्था छ l


अर्को तिर १४ जेठ भित्र संबिधान लेख्न सकिएन भने देश झन्-झन् दुर्भाग्य तिर फस्ने छ l अवका सरकारले यी विविध बिषयलाई मुल्यांकन गरेर छिटो भन्दा छिटो संबिधान लेख्न र देशका जल्दा-बल्दा समस्यालाई समाधान गर्नु पर्छ l

देशको राजनैतिक पाट्टीहरुले जे-जस्ता सुकै भएपनि नेपाली जनता र बैदेशिक नितिलाई फरक-फरक ढंगले हेर्नु पर्छ l किनकि हाम्रा नेपाली राजनैतिक नेताहरु आफ्नो देशलाई बर्बादी बनाएर आफ्नो स्वार्थीलाई पुरा गर्न वैदेशिक जस्तो सुकै हस्तक्षेप खेप्न तयार हुन्छन l वैदेशिक हस्तक्षेपका कारण देशको आर्थिक उन्नति, विकास मुलक गृहकार्यहरु र देशमा शान्ति सु-स्वास्थ्य कायम गर्न नसकेको हो भन्ने हामी सबैको ठहर छ l

भर्खरै निर्वाचित प्रधानमन्त्री झलकनाथ खनालको नेतृत्वले सम्पूर्ण राजनैतिक दलहरुलाई समेटेर राष्ट्रिय मुल बिषयलाई अगाडी बढाउन वहसको खाँचो छ l त्यसैले  आम जनसमुदायको प्रतिनिधित्व र राजनैतिक दलका नेताहरुलाई मिलेर जाओस भन्ने कामना l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS