Home » » राजनैतिक निकास होस्

राजनैतिक निकास होस्

Written By Admins on Thursday, February 10, 2011 | 2:07 AM

१२-१३ महिना पश्चात नेपाली राजनैतिकमा नयाँ चयन थपेको छ l  किनकी बिना प्रधानमन्त्रीको देश  झन्डै ८ महिना पश्चात गत साता मात्र झलकनाथ खनाल प्रधानमन्त्री चुनिएका छन् l माओबादी र एमालेको गठबन्दन सरकारले पूर्णता संविधान लेख्नको जिम्मेवारी पनि थपेको जस्तो लाग्छ l तर ति दुई दलबीच सम्झौता अनुरुप काम कार्यवाही कार्यन्वयन नहुदा भने अन्य मन्त्री चुन्न समेत ढिलै भएको समाचारले हामी बीच बाहिर आएको छ l पक्कै पनि नेपाली जनता माझ यी जटिल बिषय बस्तुलाई मध्ये नजर गरेर छिटै नै मन्त्री मण्डल भर्ने छ भन्ने लागेको छ l तसर्थ हामी नेपाली बीच राजनैतिक अस्थिरताले देशलाई ठुलो धक्का पुर्याएको तथ्यलाई बिर्सनु हुन्न l

 झलकनाथ खनाल प्रधानमन्त्रीको पद्समाले पछी पक्कै पनि नयाँ सोच र राजनैतिक अस्थिरता र राष्ट्रिय मुलभूत बिषयमा सम्वधिन गर्ने आसा हामी सबै नेपाली जनताले आपेक्षा गर्नु पर्छ l र, संबिधान लेख्न प्रक्रियालाई छिटो भन्दा छिटो समय अबधि भित्र लेख्नु पर्छ l यहि नै झलनाथ खनालको ठुलो भूमिका रहन्छ l र नेपाली जनताको स्याबासी मिल्ने छ l जव सम्म देशमा मुख्य बिषय बस्तुलाई मुल्यांकन गरिदैन तब सम्म देश बर्बादी र गरिबीको भुमरीमा फस्नु बाहेक अरु विकल्प छैन l त्यसैले बनेको यहि मन्त्री मण्डलले तमाम नेपाली जनताको समस्यालाई समाधान गर्नु पर्छ र देशका आम समस्यालाई निरकरण गर्नु नै ठुलो एजेन्डा होला l

नेपाली राजनैतिकमा बैदेशिक हस्तक्षेपले ठुलो भूमिका खेलेको इतिहास हामी बिचमा छर्लंग छ l देशको भलो चाहनेहरु पक्कै पनि ति हस्तक्षेपको प्रभाब नगरी अगाडी बढीरहन्छन तव सम्म देशलाई बर्बादको संघारमा लैजानेहरु व्यक्तिगत स्वार्थी बाहेक अरु केहि हेर्दैन l अब बनिने मन्त्री मण्डलको प्ररुपले देशमा संबिधान लेख्न बेरोजगारी समस्या, कलकारखाना, उधोग धन्दा र विकासमुलका  काम कार्यमा अग्रसर हुनका लागि आग्रह गर्दछु l प्रजातान्त्रिक मुल्य, मान्यता र अभ्यासमा नेपाली जनताको सपना साकार पार्न झलनाथ खनालको नेत्रित्व सफल रहोस् भन्ने कामना ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS