Home » » कहिले सम्म भौतारिने हामी प्रदेशमा ?

कहिले सम्म भौतारिने हामी प्रदेशमा ?

Written By Admins on Saturday, January 29, 2011 | 6:13 PM

देशको राजनीतिक अस्तव्यस्तता बेरोजगार र महंगीले थिचेपछी हामी जान्दाजान्दै पनि सस्तो श्रम बेच्न खाडीमुलुकहरु लगायत युरोपकका कुना-कुनामा समेत भौतारी रहेकाछौ l तर अझै कति दिन सम्म भौतारिने हामी प्रबासमा ? कति दिनसम्म बाच्ने आफ्नो घर-परिवारसंग टाढा भएर ? प्रश्न अनुत्तरित छ l

मित्रहरु ! 'अल्छीलाई सधै झरी' भनेजस्तै हामी अरबौ भएर पनि देख्न नसक्नेहरुलाई भन्ने एउटा राम्रो बाटो छ देशमा रोजगार छैन महंगी छ, आर्थिक अभाब छ, हाम्रो देश गरिब छ, आज सम्पूर्ण नेपालीहरु यसै भन्ने गर्छन l तर हामी गरिब किन भयौ ? हामी गरिब हुनको कारण के हो ? हाम्रो देश किन गरिब भयो ? यी कुराहरु भने हामीले नत कसैलाई सोध्यौ ? नत आफै जान्ने प्रयास नै गर्यौ l त्यसैले गर्दा आज हामी विश्वमै धनि देशमा जन्मेर पनि दुर्भाग्य विश्वमै गरिब देशको जनता भनेर परिचित भयौ l

साच्चै प्रकृतिकले हामीलाई यति धेरै सम्पत्ति दिएको छ कि जुन सम्पत्तिको बर्णन गरेर साध्य नै छैन, तैपनि हामीले त्यसलाई नत चिन्न सक्यौ नत सदुपर्योग गर्न सकेयौ l यो बास्तवमै दु:खदको कुरा हो l मित्रहरु ! विज्ञहरुले भन्ने गर्छन -जुन देशले श्रम बेच्छ त्यो त्यो देश कहिल्यै धनि हुदैन र जुन व्यक्तिले श्रम बेच्छ त्यो व्यक्ति कहिल्यै सम्पन्न बन्न सक्तैन, अर्थात् जुन देशले बस्तु बेच्न सक्छ त्यही देश मात्र सम्पन्न बन्न सक्छ l तर बिडम्बना ! नत हामीले धनि बन्न सपना नै देख्यौ, नत हामी बस्तु बेच्ने कल्पना गर्यौ l बस श्रम र शिप मात्र बेच्यौ हामीले l त्यसैले हामी सधै गरिब भयौ l सधै अरुको नोकर भएर बाच्न बाध्य भयौ यो धुर्ब सत्ते हो l

आज समयले २१ औ शताब्दीलाई आत्मसाथ गरिरहेको छ मान्छेहरु सफलतालाई पछ्याईरहेका छन्, बैज्ञनिकहरु नया -नया प्रविधिको खोज, अध्ययन र अनुसन्धानमा जुटिरहेका छन् तर हामी.......? तर हामी आफ्नो देशको सम्पत्तिलाई छोडेर लाखौको संख्यामा रोजगारीको लागि विदेश पलायन भएका छौ l परिवारको भोको पेट पाल्नैकै लागि कहिले हामी कतार, कहिले दुवै, कहिले मलेशिया त कहिले युरोप गर्दै भौतारीरहेका छौ के यस्तो पनि जिन्दगि हो र ? के हामी आफ्नो देशमा केहि गर्न सक्दैनौ र ? मित्रहरु ! सोच्नुपर्ने बेला आएको छ l

हामीले छाती फुलाएर भन्ने नगरेको होइन, हामीले भनिरहेका छौ -बहादुर बिर गोर्खाली हामी बुद्द जन्मेको हाम्रो देश विश्वकै सर्बोच्चा शिखर सगरमाथा भएको हाम्रो देश, विश्वमै जल्शोर्टको दोश्रो धनि हाम्रो देश, विश्वमै प्राकिर्तिक जडिबुदिले धनि भएको हाम्रो देश तर.......दुर्भाग्य ! बरु एउटा पशुको जिबन सुखी होला तर हामी त्यति धेरै दु:खी र गरिब कहलिएका छौ विश्वको समू l यसको प्रमुख दोषी नै हौ, किनभने हामी अरुको कुरा मुख ताकेर बस्छौ अरूले गरीदिएला भनि अरुको भरमा बस्छौ गर्दा-गर्दा आज भोलि त झन् सबै कुराको दोष सरकारलाई नै दिने बानी परिसकेको छ हाम्रो l यस्तो पाराले कहिले हुन्छ प्रगति ? के हामी युबाहरु हातमा हात मिलाएर एकताको धागोमा उनिदै देशमा आर्थिक क्रान्तिको मूल फूटाउन सक्दैनौ र ?कत्ति दिन बस्ने हामी अरुको मुख ताकेर ? अब पनि हामीले यी कुराहरुलाई सोच्न सकिएन भने कहिले सोच्ने ? मित्रहरु ! हामीले बैज्ञानिक यन्त्र र उपकरणहरु बनाउन सक्दैनौ किनकि हामीसंग त्यति धेरै योग्यता र क्षमता छैन तर हामीसंग भएको जुन प्राकिर्तिक श्रोत र साधनहरु छन् तिनीहरु त हामीले सहि तरिकाले सदुपर्योग गरेर विश्व बजकिरण गर्न सक्छौ नि ?तर खोइ त हामीमा प्रयास ? खोइ त विचार ?अनि खोइ त हामीमा एकता ? एउटाले राम्रो काम गर्न खोज्यो अर्काले तलबाट त्यसै उल्लु बनाउछ अनि हुन्छ प्रगति ?

 सबैले भन्ने -मै जान्ने, मै सुन्ने सबैले ठुला-ठुला भाषण गर्ने तर काम भने कसैको नगर्ने अनि हुन्छ परिबर्तन ? आज हाम्रो देश नेपालमा चारवटा प्रमुख शक्तिहरु छन् जसको सदुपर्योग गर्न सक्यौ भने हामी सच्चिकै समिर्दी बन्न सक्छौ ति शक्तिहरु हुन् - जल जमिन, जदिबुदी र जाशक्ति यी चारवटा शक्तिको मिश्रणबाट उत्पादन भएको बस्तु हामीले विश्व बजारसम्म पुर्याउन सक्यौ भने हामीले यसरी अरुको देशमा गाली बोलि बचन सहेर सस्तो मुल्यमा श्रम बेच्नुपर्ला र ?

मित्रहरु ! हामी युवा हौ अब यी यस्ता कुराहरुलाई हामीले बुझ्नु जरुरि छ होइन भने हामी त सम्पन्न हुन नै सक्छौ नत हाम्रो देश नै परिबर्तन हुन सक्छ l बस हाम्रो जिबन यसरी नै प्रबासमा भौतारीदा भौतारिदै समाप्त हुन्छ अनि हाम्रो भाबी सन्ततिको पनि जिबन त्यसरी नै क्रमस.......! त्यो फुलको के अर्थ जुन सुगन्ध नै छैन l त्यस्तै औचित्यबिहिन भएर बाचिरहेका छौ हामी तर हामीले कहिल्यै पनि चिन्तनको बिषय बनाएर हेर्न सकेनौ कि हामी किन गरिब भयौ ? भन्ने प्रश्नलाई किनकि यसको खोज हामीले कहिल्यै गरेनौ l मात्र हमिलमा निरासापन छ, हाम्रो मष्तिस्क कम्जोर छ हामीमा शाहस छैन, लगनशिलता छैन, जोश र जागर छैन संकल्प, दीर्धता र आत्मविश्वास छैन त्यसैले त हामी आज यो प्रबास हाम्रो चाहना हो त ? अबस्य होइन मित्रहरु ! प्रबास हाम्रो बाध्यता होयसको दोषी पनि हामी नै हौ र त्यो बाध्यता पनि हामीले नै सिर्जना गरेका हौ l

(प्रबासी मित्र हिम छन्त्याल)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS