Home » » मल्कबांग गाबिस एक, बिशेषता अनेक

मल्कबांग गाबिस एक, बिशेषता अनेक

Written By Admins on Thursday, January 27, 2011 | 6:42 AM

जो कोहिले पनि आफु जन्मेको ठाउँलाई अबश्य राम्रो नै भन्छन l जन्म दिने आमा र आफु जन्मेको ठाउँलाई स्वर्ग भन्दा पनि प्यारो हुन्छ भनेर सबैले भन्छन, हो हुनपनि हुन्छ l त्यसमा पनि हाम्रो गाबिस मल्कबांग आफु जन्मेको ठाउँ हामीसबैले आ-आफ्नो बिशेष किसिमको माया ममताहरु बिसाई रहेका छौ l भौगोलिक पारुपमा बिगत र पहाडी क्षेत्रमा अबस्थित भएतापनि हेर्दामा सुन्दर र रमाइलोको आभास हामीमा भईरहेका छौ l

म्याग्दी जिल्लाको मध्ये उत्तरमा पर्ने मल्कबांग गाबिस, यस गाविसमा हाराहारी ३ सय घरधुरी रहेका छन्, तर यो तस्बिरमा घरहरु सबै देखिएको छैन l यहाको मुख्य पेशा किर्षी हो l यस गाविसमा छन्त्याल, मगर, थकाली, कामी, दमै, सार्कीको बिशेष बसोबास रहेको छ l र बदी मात्रमा छन्त्यालको बाहुल्यता नै रहेको पाइन्छ l सबैले आ-आफ्नो जात, धर्म, संस्कृति अनुसार आ-आफ्नो कार्यहरु गरिरहेका छन् l किर्षी पेशा र बाबु बाजेले गरेको काम बाट गुजारा नहुनुको कारण यहाका युवाहरु सबै विदेश पलायन भएका छन् l २०५० साल देखि यो क्रम बढ्दो भएको पाइन्छ l

यस गाबिसका मानिसहरु पढेर विदेशको कुना-कुनामा पुगेर गाबिस लाई केहि योगदान दिनुका साथै स्वदेशमा रहेर पनि केन्द्र देखि राष्ट्रका गहना समेत भएका छन् l गाबिसको साक्षरता ७० प्रतिशत रहेको छ, र ७० प्रतिशत मध्ये छन्त्याल जाति नै अगाडी रहेको पाइन्छ l पुरुष जनसंख्या ५५ प्रतिशत र महिला ४५ प्रतिशत, र पुरुष नै अगाडी रहेको छ l गाबिसमा प्रत्येक घर-घरमा पानीको सुबिधाका साथै केहि बर्ष अगाडी संचारको सुबिधा पनि पुगिसकेको छ l तसर्थ बिजुलीको योजना पनि क्रमश जारिमा छ, सायद आगामी बर्षदेखि यो योजना पनि निर्माण हुने लक्क्ष्यमा रहेको छ l गाविसमा १ हुलाक १ स्वास्थे चौकी, २ प्राथमिक बिद्द्यालय , १ हाइस्कुल रहेको छ l

साथै यहाँ धार्मिक स्थल पनि रहेको छ गाबिसको वार्ड नम्बर ७ मलाम्पहद स्थित मालिका स्थान मन्दिर जुन ठाउमा आफ्ना श्रदा भक्तिहरुले पुजा गरेर आफ्नो भाकल पुरा हुने विश्वास पनि रहेको छ l र यस गाविसमा मङ्सिर धान्य पुर्णिमामा दर्खोला मेला, भाद्र जनै पुर्णिमा वार्ड नम्बर १ भेदिखाल्ता स्थित बहरा मेला र जेठ जेठी पुर्णिमा वार्ड नम्बर ७ मलाम्पहद स्थित मालिका मेला पनि लाग्ने गर्छन l यी मेलाहरुमा आ-आफ्नो गाउ घरमा चलेका रितिरिवाज अनुसार भब्य रमाइलो गर्ने गर्छन l

अन्तमा : मित्रहरु यस्ता रमणीय स्थान छोडेर यस बिदेशमा पसिना चुहाउनु बाध्य छौ, यो हाम्रो रहर अबश्य होइन, बाध्यता हो l

(प्रबासी: हिम छन्त्याल)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS