Home » » मेरो सुन्दर मल्कबांग गाँउ र बिध्यालय

मेरो सुन्दर मल्कबांग गाँउ र बिध्यालय

Written By Admins on Thursday, January 27, 2011 | 6:40 AM

मल्कबांग (गा.बि.स) मा जन्मेर जिबनभरी आफ्नो व्यक्तिगत र परिवारको ज्वालन्ता समस्यालाई थाँती राखेर (गा बि.स) को लागि जिउ ज्यान दिने संयौ ज्ञान-अज्ञानत मल्कबांगबासी सम्मानीय व्यक्तित्वहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु l साथै मल्कबांग (गा.बि.स) लाई अध्यारो बाट उज्यालो, अशिक्षाबाट ,शिक्षा ,अविकसितबाट बिकसित बनाउन जुन प्रकारको मार्गदर्शन देखाएर आज हामी नयाँ पिडितलाई जिम्मेवारी सुम्पेर जानु भएकोमा फेरी धन्यवाद दिनचाहन्छु l

अब आजको मुल बिषय तर्फ लागौ : बिकासको मुखमा पुगेर अल्झिएको हाम्रो मल्कबांग (गा बि स) सदरमुकाम देखि झन्डै ४५ कि.मि मिटरको दुरीमा रहेको छ l संसारमा असम्भब र कठिन कुरा आर्थिक प्रगतिले सम्भब बनाउछ l त्यसैले हाम्रो यो मल्कबांग (गा बि स) पनि आर्थिक अभाबका कारण त्यहाँ रहेका प्राकिर्तिक स्रोत र संबादतहरु त्यतिकै खेर गैरहेको छ l ती (गा बि स)का हजारौ जनताका छोरा छोरीहरुका आँखाको ज्योतिका रुपमा जम्मा जम्मी गाबिसकै एकमात्र (मा.बि) स्कुल श्री जना जागीर्तिले दिई रहेको छ l तर ती आँखाको ज्योतिको रुपमा देखाउने स्कुलले मात्र त्यो (गा बि स) पूर्णता छैन l छिमेकि गाबिसहरुमा देखिएको प्रचुर मात्रको विकासले हाम्रो मल्कबांग (गा बि स) लाई पनी केहि गर्नु पर्छ भनेर म बारम्बर बिकासका सम्भवनहरुलाई अझै जीवित राखिरहेको छु l

त्यस बिध्यालयमा पढेका र त्यसगाउँमा हुर्किएका हामी युवाहरुले सदरमुकाम, काठमाडौँ वा विदेशको जुन सुकै कुनामा रहेपनि मुटुमा हात राखेर बिकासको लागि केहि पहल गरौ र तपाई र मेरो सानो प्रयास नै भोलिका उज्यालो दिन हुनेछ l मल्कबांग (गा बि स) मा जन्म लिएर कर्म थलो संसारको विभिन्न ठाउमा हामी कार्यरत छौ, त्यो नै हाम्रो मल्कबांग बासीहरुको पहिचान र मेहेनत हो l हाम्रो (गा बि स) मा आर्थिक सम्भावनाका धेरै बाटाहरु हुदा हुदै पनि बिदिशीएका मल्कबांग बासीहरुमा आर्थिक सहयोगका हातहरु फैल्याउनु परिरहेको छ l तर हाम्रो गाउँमा पर्यटकलाई भित्रयाउदा उठ्ने रकम पर्यटकले धौलागिरी हिमाललाई हेर्न र चढ्न आउदा लगाइने शुल्क अनि त्यहाँ गरिने विभिन्न प्रकारका अन्न उब्जनीलाई हाम्रो आर्थिक आर्जन होईन र ? त्यसैले ती पर्यटक आउन लायक विकास उन्नात जातका बिउ बीजानको खेति गर्न तपाई र हामी मिलेर प्रत्यन गर्ने पो होकी ? एकतिर बिकासका लागि पहल गर्नु पर्ने छ भने अर्को तिर उच्चशिक्षा सम्मको पाठन-पाठनको लागि सदावहार गुहार्नु परिरहेको छ l

हाम्रै गाउँसंग जोडिएको छिमेकि गाउँहरुमा बिजुली, पानी, सडक र अन्य बिकासका पंहुच पुगेको छ l तर हामी ती चिजबाट अझै टाढा छौ l गाबिसका बुद्दीजीबी साइलका व्यक्तित्वहरु गाबिसको बिकासको लागि परिरहेका छन्, उहाहरु संग हामी बिदेशमा रहेका यी छिन्-छिनको मोलतोल गरेर जीवनलाई आत्मासाथ गर्दै कर्मा गरिरहेका युवाहरुले सानो सहयोगको ठुलो र कठिन अनि महान कार्य हुनेछ l यसका लागि हाम्रै गाबिसका समाज सेबी आदरणीय दाजु ठम बहादुर छन्त्याल ज्युको नाम आर्थिक संकलन हुदै आएको जानकारी यहाहरुमा अबगत गराउदछु l साथै आगामी दिनको संकलित रकमहरु पनी उहा मार्फत नै गाउँसम्म पुर्याउने र परादाशिर्तिका साथ रकम हुने कुरामापनी यहाँ हरु संग स्पस्ट गराउछु l साथै हाम्रै स्कुलको वरिपरी दैविकप्रकोपका समस्या जस्तै पहिरो, खोलानालाहरुले, स्कुललाई असर पुर्याई रहेकोछ l ती समस्या संग पनी हामी जुद्द्नु पर्ने देखिएको छ l

हाम्रा समाजसेबी आदरणीय दाजु ठम बहादुर छन्त्याल ज्युको सक्रीयतामा ब्रिटिसको (आई.एन.जीओ) संस्थाको सहयोगबाट हाम्रो स्कुललाई नयाँ रुप दिनका लागि परिरहेको छ l र स्कुललाई नया रुप दिदा केहि रकम समेत आदरणीय दाजु ठम छन्त्याल ज्युले आफ्नो तर्फबाट व्यहोर्ने कुरा पनी उहाँले गरी सक्नु भएको छ र हामी सम्पूर्ण मल्कबांग बासीहरुले उहा जस्ता सक्क्ष्यम ब्याक्तिलाई धन्यवाद दिन कसैले पनि नभुलौ l यसमा हामीसबै मल्कबांग बासीहरु एक जुट भएर आर्थिक सहयोगको लागि केहि पहल गरौ l साथै त्यस स्कुलमा अध्यायन गरिरहेका छात्र-छात्राहरुलाई मध्यनजर गर्दै भौतिकपुर्बधारका विभिन्न सामग्री हरु जस्तै बिज्ञान बिषयका शैक्षिक सामग्री, छात्र-छात्रालाई चाहिने प्रयोगशालाका कक्षाहरु, र त्यहा अध्यायन गराउने शिक्षिकहरुलाई स्थायी रुपमा राख्नको लागि हामी पहल गर्नु पर्नेछ l र सम्पूर्ण मल्कबांग गाबिसका दाज्यु भाई तथा दिदि बहिनीहरुले मन भित्र कुनै खिन्नता नराखी गाबिसकै एकमात्र माबी स्कुल श्री जना जागीर्तिलाई सहयोग गर्न अनुरोध गर्दछु l

 तपाईहरुबाट संकलन भएको रकम त्यस बिध्यालयको ब्यबस्थापन समितिको रोहोवरमा हामी क्रमबद्द रुपमा बिध्यालयको शिल्पत्रमा लेखिने छ l साथै त्यस बिध्यालय सहयोग गर्न चाहनेहरुले सम्बन्धित निकायसम्म स्वयं आफुहरुले बुझ्न सकिने छ l यो मेरो प्रयास मात्र केवल त्यस मल्कबांगबासीका नयाँ पिडितहरुले आफ्नै जन जागीर्ति मा बि बाट उच्चा शिक्षा हाँसिल गरोस भन्ने चाहना मात्र हो l र तपाईहरुबाट संकलित रकम जिल्लाबाट प्रकाशित प्रत्रिकका राष्ट्रिय रुपमा प्रकाशित दैनिक प्रत्रिक र स्कुलकै प्रंगनाम शिलालेखमा नाम लेखिने छ l तपाईहरुको सानो सहयोग नै भोलिका सन्तानले समाज र देश हाँस्ने छ भन्दै यी सहयोगका हातहरु लम्किरहोस l

समाजसेबी:  हिम छन्त्याल

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS