Home » » "खुशीको खबर"

"खुशीको खबर"

Written By Admins on Thursday, January 27, 2011 | 6:36 AM

८० प्रतिशत कृषि प्रधान देश नेपालमा सुगम भन्दा दुर्गम जिल्ला धेरै छन् l ति दुर्गम जिल्ला मध्ये म्याग्दी जिल्ला पनि एक हो l लोकतन्त्रको वहालीसंगै ति दुर्गम जिल्लाहरु विकासका पूर्वाधारहरु छिटफुट हुदै आईरहेको कुरा तपाई हामीलाई थाहा नै छ l यी छिटफुट विकास राज्यको कोषबाट भन्दा पनि स्थानीय जनताको श्रमदान, दात्री संस्थाहरुको सहयोगमा बाटोघाटो, खानेपानी, बिजुली इत्यादी विकास भई आएको छ l यसै क्रममा म्याग्दी जिल्लाको बिकट गाबिस पाखापानीका ठाडाखानी गाउँ हुदै कुइने, मल्कबांग सम्म कच्ची सडक खन्ने काम भईरहेको छ l ति कच्ची सडक पोखरा देखि म्याग्दी सदरमुकाम बेनी बजार  हुदै सेवाप्रदायक बस समेत ठाडाखानीमा हिजो २०६७ मंसिर १५ गते  पुगेको कुरा समाचारले बटाएको   छ l जे होस् दुर्गम गाउँमा सडक पुगेकोमा त्यहाँका  स्थानीय जनताहरु खुसीले गड-गड भएका छन् l ति ठाडाखानी हुदै कुइने र मल्कबांग सम्म छिटै नै सडक निर्माण गर्न स्थानीय निर्माण समिति  समेत हिजो गठन भएकोकुरा समचारले बताएको छ l

अब ठाडाखानी देखि हुमी डाडा हुदै कुइने र मल्कबांग  सम्म सडक निर्माणका लागि आर्थिक, भौतिक र सैद्दान्तिक सहयोगका लागि स्थानीय बासीहरुमा अपिल गरेका छन् l ति दुर्गम गाउँमा सडक पुगोस भन्ने हरुले ति सडक निर्माणका  लागि सोच्नु पर्ने आजको अवस्था छ l ति पुग्न लागेको कच्ची सडकका लागि पहलकदमी भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण स्थानीय तहका महानुभावहरुमा हार्दिक  धन्यवाद l ति गाउँमा जन्मेका हुर्केका जनमानसले सपनामा मात्र सफल देख्ने हरुले आज एका-एक आर्थिक संचितले बिपनामा पनि सडक निर्माण भईरहेको छ l यो नै सफल सपनाका लक्षणहरु हुन् l संसारमा ठुला-ठुला प्रगति र उन्नति आर्थिक कै कारणले भएको छ l त्यसैले आज आर्थिकको कारण ति दुर्गम गाउँ मल्कबांग सम्म सडक निर्माण हुदैछ l यो नै हामी मानब जातिको सृजनात्मक  मिहेनेत र प्रयास हो भन्दा फरक नपर्ला ?

र, हुमी डाँडा देखि  कुइनेको मानेखर्क हुदै मल्कबांग सम्मका सडक निर्माणका लागि हिजो मात्र गठन भएको निर्माण समितिका पदाधिकारहरुमा शुभकामना l र उहाँहरुको अमुल्य योगदानको सार्थकता ठान्ने छ l समितिका पदाधिकारी ज्युहरुको नामावली : १ अध्यक्ष्य : चित्रमान घरब्जा छन्त्याल (कुइने खानी) २ उपध्यक्ष्य : भक्त बहादुर घरब्जा छन्त्याल (मल्कबांग) ३ सचिब: मन बहादुर बुढाथोकी छन्त्याल (ठाडाखानी) ४ कोषध्यक्ष : टेक बहादुर घरब्जा छन्त्याल (कुइने खानी) ५ सह कोषध्यक्ष गंग प्रसाद भलान्जा छन्त्याल (मल्कबांग)  लगायतका गमान, ठम बहादुर , संग बहादुर, देउ प्रसाद छन्त्याल, भिम प्रसाद र जगनारायण गौचन ज्युहरुमा पनि उहाँहरुको अमुल्य योगदानको लागि  मुरी-मुरी धन्यवाद l र, हिजो ति कच्ची सडक पुगेको अवसरमा  ठाडाखानीमा भव्यताका साथ उद्घाटन समारोहको आयोजन गरिएको थियो l अन्त्यमा दुर्गम गाउँ-गाउँका जनमानिसको अध्याँरो मुहारलाई उज्यालो बनाउने काम ति बन्दै गरेको  कच्ची सडकले गरेको छ l यसका लागि सडक निर्माणमा खट्नुभएका सम्पूर्ण महानुभावहरुमा हामी सबैले हौसलाका साथ धन्यवाद दिन कसैले पनि नभुलौ l र, साझा सम्पत्ति सबैको धन हो भन्ने ठान्ने आम जनमानसका लागि कच्ची सडक संरक्षण र प्रर्वद्दनका लागि हामी सबै जुटौ l 

प्रवासी: हिम घरब्जा छन्त्याल

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS