Home » » प्रदेसमा श्रमिकको पिडा

प्रदेसमा श्रमिकको पिडा

Written By Admins on Thursday, January 27, 2011 | 5:48 AM

             हाम्रो देस नेपाल लाई विभिन्न नामले चिनिन्छ, त्यसमध्ये बिश्वमा अर्काको गुलामी नगर्ने देश भन्ने शब्दबाट परिचित भएतापनि यो भनाईमा मात्र सिमित छ l देशमा गरिबी , बेरोजगारी र संकटकाल विभिन्न समस्याहरुले गर्दा हामी श्रमिकहरु विश्वको कुना-कुनामा गएर आफ्नो अमुल्य समय बिताउने बाध्य हुनुपर्दछ l यसरी प्रत्येक व्यक्तिमा अनेक चाहना र रहरहरु बोकी बिदाइको टिका र मालाको साइतमा विदेशको यात्रा शुरु गर्दछन l

त्यही यात्राको दिन देखि दलालहरु हाम्रो शरीरमा किर्ना बनेर हरेक नशा - नशाबाट रगत चुस्ने काम गर्दछन् l नेपालमा किर्ना रुपी तिनै दलालका छोरा, नाती र साथीहरु एरपोर्टलगायत विदेशको कुना-कुनामा ढुकेर बसेका हुन्छन l नेपालबाट जुन एग्रीमेन्ट गराएर हामीलाई हामीलाई पठाएको हुन्छ, ठिक त्यसको बिपरित एग्रीमेन्ट अनुसार त्यहा हामीलाई काममा लगायकोहुन्छ l नेपालबाट बनाईयेका एग्रीमेन्ट सबै झुटा र फाल्तु भएपछि हामी श्रमिकहरु बाध्यताले कोहि जंगलमा, कोहि सडक किनारमा कोहि फलाम पगाल्ने मेसिनको काममा मात्र पिडित नभई दाममा पनि पिडित हुनुपर्दछ l आफ्नै पैसामा बेचिएर येस्तै दु;ख कस्ट गरी दिन महिना र वर्ष बित्दछ l अथाह परिश्रम पछि कोठामा घर-परिवारको याद, बिदाइको टिका अनि प्रियासिको बिलौना सम्झदै प्रत्येक दिन भोलिको मिर्मिरे बिहानीको पर्खाइमा निदाउन पुग्दछौ l

आज हामीले जति पनि प्रदेशमा काम गरिरहेका छौ, तिनीहरु मद्देय केहिले राम्रो सफलता हासिल गरेहोलन भने बाकी रहेका कोहि नेपालमा नै दलालमार्फत ठगिएका छन् l कोहि जुन कम्पनिमा काम गरिरहेका छन् त्यहा मालिक बाट शारीरिक तथा मानसिक यातना अत्यचार र श्रमिक शोषण सहन नसकी श्रमिक मुक्तिको लागि राजदुतबासमा गुहार माग्दा माग्दै केहि नलागेर कम्पनि छाडी भूमिगत रुपमा काम गर्ने बाध्य हुन्छन l कोहि बिचमै कम्पनि टुटेर वा मेडिकल अनफिट भई नेपाल फर्कने बाध्य भएका छन् l हामी सबै श्रमिकहरुको ढुकढुकीमा श्रमिक बेदना लुकेको हुन्छ र यसलाई कहिलेसम्म लुकाएर राखने ? के हाम्रो जिन्दगि येसरी नै बित्छ त ? एकपटक सोचौ त l एकपलको होइन सयौपलको जिन्दगि जिउनु छ l आखाभरी आशु, मनभरी माया र मुटुभरी सम्झना यसरी नै प्रबासीहरु प्रबासमा दिन बिताई रहेका हुन्छन l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS