Home » » मेरो परिचय : भविन्द्र छन्त्याल

मेरो परिचय : भविन्द्र छन्त्याल

Written By Admins on Thursday, January 27, 2011 | 5:37 AM

आज भन्दा २५ वर्ष अगाडी भाद्र ९ गते बुबा सतबिर छन्त्याल र आमा दिलु कुमारी छन्त्याल को कोख बाट कान्छा छोराको रुपमा जन्मियको म भविन्द्र छन्त्याल हाल अस्ट्रेलिया को एक मनमोहक भूमिमा आफ्नो भाग्यको खोजीमा दिन बिताई रहेको छु l
मान्छे जन्मिनु र मर्नु प्राकिर्तिक नियम नै हो l यसैको उपज हाम्रो सुन्दर देश नेपालको पश्चिम म्याग्दी मल्कबांग भएपनि कर्मथलो हाल धावा १४ बुतोवलमा बसिरहेका छौ l जन्म थलो र कर्म थलोको खासै भिन्नता नभएपनि आफु जन्मेको मल्कबांगमा संग संगै हाम्रै पहिचान, संस्कृति र संस्कार लाई बिश्वको जुन सुकै ठाउमा पुगेपनि म बिर्सन सग्दिन l

आजै याद आउछ अधेरी रातमा रोधी खेलेको, मेलापातमा दोहोरि गाएको र साथी हरु संग रमाएको त्यो दिन l आमा र बुबाको कान्छो छोरो भएर जन्मेर पनि होला मलाई परिवारदेखि इस्टमित्रहरु बाट पनि भरी पूर्ण माया पाइरहेको छु l समयको डोरीले म आज जवानी भएको छु l तरपनि मेरा हिजोका दिन र आमा बुबा अनि दाजु र दिदिको माया लाई पटकै बिर्सन सग्दिन l सायद म मेरो कर्म थलो र मेरो आमाको कोखमा नजन्मिएको भए यो संसारमा सबैको माया के हो, दु;ख र शु;ख को बेमेल थाहा हुने थिएन l मेरो पाइला अर्थात् जन्मे पछि हुर्किने क्रममा सम्म म आफ्नै मल्कबांग जन जागिरति मा;बि मा १ देखि ७ सम्म पदने अवसर मैले पाए l मेरो परिवारको बसाई सराई बुटवल स्थित हुन पुगेको कारणले मैले आफ्नो जन्म थलोको अध्यान लाई छोडेर बुटवल को नया गाउँ माबी बाट ८ -१० सम्म अध्यान गरे र न्यु भिजन उच्च माबी बाट १२ सम्म अध्यान गर्न पनि सफल भए l

 त्यसपछि मेरो जिन्दगिको यात्रा सुरु भयो l दाजु समिर छन्त्याल को प्रेणाले नेपाली संगीतिका यात्राको एउटा म साझेदारी बनेर लोकदोहोरी एल्बम तर्फ हाजिरी हुन पुगे, र सफल्ता को साथ मेरो २ वटा एल्बम बजारमा स-सस्त्र भैसक्यो l मेरो पहिलो एल्बम ''सिराफुले माया'' र ''दोस्रो खोलि तर्नु पर्ला'' हो l र तेस्रो ''मायालुको माया लाई रहने'' एल्बम पनि बजारमा आउदै छ l यो भूगोलको जुनसुकै कुनामा म पुग्छु त्यहा हुन्छ मैले हिर्दयभरी बोकेको संगीतको माया त्यही भएर आज म अस्तेर्लियाको मिल्दुरा भन्ने शहरमा आफ्नो लक्क्ष्य हरु समक्क्ष्य निर्धारित भएपनि मेरो जिन्दगीको प्रयासले तेस्रो लोकदोहोरी एल्बम लाई बजारमा ल्याउदै छु l


देशको राजनैतिक अस्थित्वो, बेरोजगारीको समस्या ले नेपाल बाट लाखौ म जस्ता युवाशक्ति पुर्बी एसिएनको मलेशिया हुदै कतार, दुवै, अरबदेखि पश्चिमी देश सम्म रोजगारी र अध्यानको को क्रममा पलामन भइरहेको छ l त्यही पलामन हुने युवामद्ये मा पनि एक हु l म आज विदेशको भुमिमा रोजगारको जोहो गर्नु पर्दा म मेरो देश, त्यो संगीत यात्रालाई नियाली रहेको छु l साएद हाम्रो देशमा हामी जस्ता युवालाई रोजगार शिक्षा नेपाल सरकारले दिन सकेको भए हामीले दिने राम्रा कुरामनी देशमै हुने थियोकी ?

आज म पराईको भूमिमा छु l पक्कै यो बसाई क्षेनिक समय लाई मात्र हो l त्यसैले केहि वर्ष पछि मेरो सुन्दर देश नेपाल नै मेरो सांगीतिक यात्रा लाई निरन्तर दिने छु l साथै विश्वको कुना-कुना रहेका सम्पूर्ण दाजु भाई तथा दिदि बहिनि हरुले पनि आफ्नै देश नेपाल फर्केर केहि गर्ने हो कि? या त देशको लागि विदेशमै भएपनि सोच्ने गरौ है !

अन्त्यमा मेरो जिबनको पाइला-पाइलामा सहयोग गर्नु हुने चाहने, बिरमान छन्त्याल (काईला बुबा), मन कुमारी छन्त्याल (फुपू दिदि), जंग बहादुर छन्त्याल (फुपज्यु) दाजु समिर, भरम, सोम, भेना खगेन्द्र, र लगाएत दाजु हिमलाई यो मेरो दुइ शब्दको सल्लाह सुझाप र हाम्रो छन्त्याल मंच सम्म पुरयाउने सहयोग गर्नु भएकोमा सम्झना र धन्यबाद l साथै हाम्रा समुदायमा बिगत देखि आज सम्म पहल गरि रहनु भएका सम्पूर्ण छन्त्याल दाजु भाई तथा दिदि बहिनि हरुमा धेरै- धेरै सम्झना l
अन्त्यमा लेख मार्फत भावनात्मक रुपमा कसैलाई अन्यथा पर्न गएमा लेखक क्षेमाको भागीदार हुनेछु l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS