Home » » दुर्गतिको दिशातर्फ गईरहेको नेपाल

दुर्गतिको दिशातर्फ गईरहेको नेपाल

Written By Admins on Thursday, January 27, 2011 | 5:25 AM

आज म यसै सत्यतालाई आत्मासाथ गर्दै हाल हाम्रो देश नेपाल दुर्गतिको दिशातर्फ गईरहेको सन्दर्भ र देशलाई यो गतिमा पुरयाउनेमा मुख्य भूमिका कसको रहेछ भन्ने बिषयमा मेरो मनोभाबहरुलाई समेट्ने जमर्का गरेको छु l

यस्तै नेपालको सन्दर्भमा लेख्नुपर्दा नेपाली जनताहरुको अथक प्रयास अनि अदम्य शाहस र बिर शहिदहरुको त्याग र अमुल्य रगत अनि बलिदानको परिणाम स्वरूप नेपालमा चलीआएको २ सय ३८ बर्षे एकलौटी निरंकुश तानाशाही राजतन्त्रलाई घुडा टेकाएर नया गणतन्त्र नेपालको उदय भयको छ l तर बिडम्बना ! के छ भने नया नेपालको स्थापना भयको यतिका समय बितिसक्दा पनि हामी सर्बहारा जनता हरुले कुनै नया अनुभूति गर्न पाएका छैनौ l देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दो छ l देशका युवा शक्तिहरु आफ्नो आबश्यकता पूर्ति गर्नका निम्ति विदेशिने क्रम बढ्दो छ l दैनिक उपभोग्य बस्तुहरुको मूल्य बिर्द्दी तिब्र छ l जनताहरु भोकभोकै मर्न बाध्य भएका छन् l कारण के हो भने देश बिकाश अनि जनताका आधारभूत आबश्यक्तहरुलाई भुलेर नया नेपालका नया मनियाका नेताहरु उही राजतन्त्रको परम्परालाई आत्मसाथ गर्दै आफ्नो स्वार्थका निम्ति सत्ता र भत्ताको बिबादमा फस्नु हो l हुनत नेपालको इतिहासमा जनतालाई झुटो आश्वासनहरु देखाएर गरिब जनताको बिबशताको फाइदा उठाएर आफु सत्तासम्म पुग्ने अनि आफुले जनताहरु सामु गरेका बाचाहरु अनि जनताहरु प्रति गर्नु पर्ने कर्तब्यलाई भुलेर आफ्नो ध्याम्पा भर्ने परम्पराको लाहाछाप नै लागेको छ जुन कुनै नेताहरुले तोड्न सक्दैनन l

 नेपाललाई बिदेशी राष्ट्रसंग तुलना गर्दै हंगकंग र सिंगपुर बनाउने आफ्नो खोक्रो अनि औचित्यहींन भाषण दिई हिड्ने सम्पूर्ण जनताको आश गरेको नेकपा माओबादी आफुलाई विकासबादी शान्तिबादी अनि जनताप्रेमी भनेर गल्लि -गल्लि भुक्दै हिड्ने खाओबादी स्वार्थी नेताहरु जनताका भावना र नेपाल नेपालीको स्वाभिमान र अस्मितामाथि डढेलो लगाए आगो ताप्न पल्किसकेकाहरु आज नेपालको सार्बभौमिकता र राष्ट्रयता माथि नै ठुलो षडयन्त्रको जाल फिजाईरहेका छन् l

त्यस्तै हालको जटिल समस्या भनेको माओबादीको सत्ता र कुर्सि मोह पहिला नेकपा माओबादी अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको पदमा पुगेको थिए तर उनले आफ्नो सरकारलाई किन टिकाउन सकेनन? किन निरन्तरता दिन सकेनन र अहिले पुन: उनमा सत्तामोह पलायो ?आखिर !किन माओबादीले एक पल्ट थुकेको थुकलाई चाट्न खोज्दै छ? यसमा पनि ठुलो षडयन्त्र अनि स्वार्थ रहेको कुरा पुष्टी हुन्छ l बास्तबमा माओबादीले चाहेको कुरा के हो? सोझा जनतालाई बन्दुकको भरमा डर, त्रास देखाएर आफु हिटलर बन्ने दिवा सपनामा अनि लाखौ श्रमिक जनताले भित्रयाएको बैदेशिक रेमिटयान्समा मोजमस्ती गरिरहेका छन् l जनतालाई भेडा बाख्रा सम्झेर जुनबेला जतासुकै मानब ढालका रुपमा प्रयोग गर्न पल्किएका अनि जनतालाई शिक्षित र सुबिधा सम्पन्न बनाउनु हुन्छ भन्ने घटिया सोचेर अगाडी बढेका माओबादी यतिखेर पुन: जनतालाई मानब ढालका रुपमा प्रयोग गरी पुन: देशमा रक्तपातको सिर्जना गर्न तम्सिएका छन् l आखिर ! दु:ख पाउने हामी जनताहरु हुन् l यदि सरकारलाई दु:ख दिने गरेको हो भने सरकार भनेको हो ?

तिनीहरुको कुर्सि आन्दोलनमा किन हामी गरिब श्रमजीबी जनताहरुलाई आफ्नो स्वार्थपूर्ण खेलमा जबरजस्ती होमित बाध्य बनाएका छन् ? जब सम्म नेपालमा नालायक नेताहरुलाई भाषण गर्ने अवसर दिईरहन्छ तबसम्म यीनिहरुले कम गर्दैनन त्यसैले त्यस्ताखालका भाषणमा लागेर आफ्नो समय बर्बाद नगर्नु होला बरु माननिय नालायक ज्युहरुलाई आफ्ना जुत्ता, चप्पलको माला लगाएर स्वागत गरिदिनुभए उनीहरुले आफ्नो हैसियत थाहा पाउनेछन् र आफ्नो भाषण परिबर्तन गर्नेछन र हामी जनताको आबश्यकता लाई बुझ्ने प्रयास गर्नेछन l

(प्रबासी: हिम छन्त्याल)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS