Home » » "आजको संघर्ष भोलिको सुन्दर सपना"

"आजको संघर्ष भोलिको सुन्दर सपना"

Written By Admins on Thursday, January 27, 2011 | 5:18 AM

राजनैतिक शक्तिले संसार परिवर्तन भएको इतिहासिक तथ्यहरु तपाईहामी बीच छर्लंग छ l र, राजनैतिक अस्थिरताले जनतालाई ठुलो दु:ख, पिडा, वेरोजगार अनि देशनै वर्वाद बनेको पनि हामी सामु स्पष्ट छ l त्यसैको  ज्वालन्ता  उदाहरण हो नेपाल l नेपालमा राजनैतिक अस्थितरताले लाखौ नेपाली जनताहरु प्रवासको भुमिमा जिबनलाई मृत्युको मुखमा राखेर श्रम बेच्न  बाध्य भएका  छन् l यसैक्रममा मलेशियामा पनि नेपाली कामदारले ठुलो अवसर पाएको छ l जहाँ ४ लाख भन्दा बढी नेपालीहरु वैधानिक, अवैधानिक रुपमा कार्यरत छन् l यसै बीचबाट हामी मल्कबांगबासी पनि हौ l जव मलेशिया प्रवेस गरिएपछि दिनानुदिन बढिरहेको दु:ख पिडा र आफ्नै गाउँ-ठाउँलाई चेतनशील बनाउन एकताको खाँचो रहेको महसुस हामीले गरेका छौ l त्यसैको उपज हो l मल्कबांगबासी सम्पर्क समिति गठन गर्ने l हाम्रो उद्देश्य, ति बिकट गाउँ मल्कबांग गा.बि.स लाई शिक्षा, कृतिम बिकासका कुरा, सामाजिक चेतनाका लागि प्रवासमा रहेर पनि केहि गर्न सकिन्छ भनेर हामीले सम्पर्क समितिको महत्व ठानेका छौ l हुन सक्छ ! हामीले कमाएको १० % रकम लाई मात्र सामुहिक रुपमा त्यस मल्कबांग गा.बि.सलाई लगानी गर्न सकेमा भोलिका पिडीहरुलाई राम्रो हुन्थ्यो भन्ने चाहना हामी सबै प्रवासी र बिशेस गरि मलेशियामा रहेका मल्कबांगबासीले आत्मासात गरेका छौ l उद्देश्य र योजनालाई समस्याको बीचबाट अगाडी बढाउनु ठुलो कठिन नै छ l तरपनि हामीले भोलिका सुन्दर मल्कबांग बनाउन हामी कैहिले पनि चुक्ने छैनौ l त्यसैले म अपिल सबै मल्कबांगबासिमा गर्दछु कि ? तपाई संसारको जुन सुकै कुनामा रहेर पनि हाम्रै गाउँ-ठाउँ मल्कबांग गा.बि. सलाई सहयोग र सदभाबका लागि अगाडी बढ्नुहोस l साथै, हाम्रो चाहना यतिले मात्र पुग्दैन l सकिन्छ भने ति गाउँका प्राकृतिक स्रोत-सधानलाई प्रयोग गरेर पर्यटक भित्रयाउने देखि रोजगारीका लागि हामी जस्ता युवाशक्तिहरुको आज र भोलि पनि उत्तिकै ठुलो खाँचो नै छ  l त्यसैले आउनुहोस जुटौ र निर्माण गरौ हाम्रो आफ्नै पहिचान l
अन्त्यमा, हामी मलेशियामा रहेका मल्कबांगबासीले गठन गर्न लागेको सम्पर्क समितिलाई सल्लाह, सुझाब र सहयोगको अपेक्षा समेत गरेको छ l र सम्पूर्ण मल्कबांगबासीहरुमा ढिलै भएपनि छार्-म्हेङ, ल्होसार र नयाँ बर्ष २०११ को शुभकाम

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS