Home » » ''आर्थिक क्रान्ति आजको आवश्यकता''

''आर्थिक क्रान्ति आजको आवश्यकता''

Written By Admins on Thursday, January 27, 2011 | 5:16 AM

नेपाली जनताहरुले गतिशील समयलाई परिवर्तनशिल बनाउदै समान्तर सत्ताको मार्ग चित्रलाई मध्येनजर राखी एतिहासिक १० बर्षे लामो जनयुद्द र १९ दिने जन-आन्दोलनलाई निरन्तरता दिई आज २ सय ४० बर्षे लामो एकलौटी शाषण, सत्ता निरंकुश राजतन्त्रको अन्त्य गरी देशमा समुन्नत शान्ति प्रक्रियाको स्थापना गर्न लोकतान्त्रिक गणतन्त्रलाई प्राथमिकता दिई निरन्तर अगाडी बढिरहेका छन् l बास्तवमै आजको परिणाम कार्यनितिक पक्रिया पूर्णरुपले बैचारिक, बैकल्पिक र बिबेकशील पूर्ण  छ l विश्वको एतिहासिक कार्यनीतिहरु अवलोकन गर्दा आर्थिक सम्रिद्द्ता, बौद्दिक क्रियाशीलता, भौगोलिक संरक्षण मानब स्वास्थ्य तथा शैक्षिक सक्रियता र बैज्ञानिक नवीकरण नै प्रमुख मानिन्छ र यसैको आधारमा रुपान्तरणको गतिमा स्थरता दिईरहेका छन् l यस्तै विश्व परिभेषको तुलनामा नेपालको सन्दर्भलाई हेर्दा हालसम्म आर्थिक, शैक्षिक, बौद्दिक तथा भौगोलिक विकासका पुर्वाधारहरु शुन्य प्रतिशतमा छन् l तर हालैसालै सयौ बर्षपछि हजारौ जनताको त्याग, तपस्या, योगदान र बलिदानबाट देशमा प्रबेश गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति नियम, कानुन, व्यवहारिकता र राजनीतिक गतिविधिहरुलाई गम्भीर अवलोकन गर्दा अब देशले साम्यबादी समृद्दीतालाई निश्चित गन्तब्य बनाई जनतामा भएको शिप,शिक्षा. अनुभब र क्षमतालाई सहि ठाउमा उपयोग गरी आर्थिक तथा सामाजिक क्रान्तिलाई तिब्रता दिएर बैज्ञानिक प्रबिधि अवलम्बन गर्दै रुपान्तरणको गतिलाई सिघ्रता दिई समुन्नत समृद्दीताको काँचुली फेर्ने स्थितिलाई मनोनित गर्नुमा कुनै शंका छैन l द्दन्द्द, जनयुद्द जन-आन्दोलन भौतिक क्षति तथा सत्ता युद्दलाई पूर्ण पूर्णबिराम लगाई सकेपछि दिगो शान्ति, स्वतन्त्रता र समानतालाई केन्द्रित गरी सुध्रिकरण तथा नवनिकरण विश्लेषण सहमति सहकार्य सैद्दान्तिक विचारशीलता र बैज्ञानिकताबाटै  जनगणतान्त्रिक संविधानको निर्माण कार्य थालनी गर्नु वर्तमान आवश्यकता हो र २१ औ शताब्दीको बिज्ञान प्रबिधि र परिबर्तनशिल समयको माग पनि यहि हो l तर संबिधान निर्माण गर्ने घोषण गरेको यति समयका  बितिसक्दा पनि निर्माणधिन कार्य योजनालाई स्थगित गरी राजनीतिक दलका नेताहरु अर्थात् जनताले संबिधान निर्माण गर्ने आदेश दिएका सभासदहरु कुर्चीको मोहमा लटपतिएर एक/ अर्कालाई आरोप दुशारोप गर्दै गतिशील समयलाई ब्यतित गराउदा राजनीतिज्ञहरुको यस्तो प्रकारको व्यवहारिकताभित्र जनादेश बिपरित र जनहित बिपरित केहि जटिल र रहस्य लुकेको प्रष्ट हुन्छ l यसप्रति जनताले गम्भीर ध्यानकर्षण गराऊन अत्वाश्यक छ l अर्थतन्त्र तथा आर्थिक सम्पन्नताको कुरा गर्नुपर्दा राज्यको आर्थिक सम्पन्नताका लागि चुनौतीहरु धेरै छन् l जसमध्ये शैशिक अभियान, मानसिक सुद्दीढीकरण, चेतनशील तथा बौद्दिक ज्ञानको बिकाश र यति अनि सामाजिक परिभेष नै राज्यको आर्थिक क्रान्तिको कार्य थालनी शुरुवात मान्नु र रुपान्तरणको पहिलो सिंढी यसै शुत्र अनुरुप कार्यन्वयन गर्नु राष्ट्रहित तथा जनहित दुवै क्षेत्र समान उपयुक्त देखिन्छ l विश्वमा कुनै पनि देश छैन जो आर्थिक क्रान्तिबिन नै सम्पन्न बनेका छन् l त्यसैले देशमा सामाजिक बिकाश तथा आर्थिक विस्तार गर्न क्रान्ति त गर्नु नै पर्छ l तर आर्थिक क्रान्ति गर्ने बाहनामा राज्यमा सिमित अर्धउपार्जन गरी विस्तार र नबिकरणको आश्वासनमा जनशक्तिको दुरुपयोग गरी राज्यको बिस्तृत ढुकुटी मात्र आर्जित गरी समाजबाद हुदै साम्यबाद पुग्ने दुस्शाहस केवल दिवास्वप्न हो, साम्यबाद सम्मको गन्तब्य रहेको आर्थिक क्रान्तिमा व्यक्ति, समाज र जनशक्तिको कार्यनितिक अवस्थालाई शुनिश्चित पर्ने शत्तुर तथा व्यवहारिक नीतिहरुलाई कार्यन्वयन नगरी एकलौटी अर्थतन्त्रलाई ध्यान केन्द्रित गराउनु लोकतान्त्रिक गणतन्त्र बिपरित राजतन्त्रीय शाषण पद्दतिको नीति नियमहरुलाई अझै संरक्षण गर्नु हो l यस्तो प्रकारको संयान्त्रित कार्यनीति अवलम्बन गर्दा सिमित सरकार मात्र समृदी बन्न सक्छ l तर देशमा अशिक्षा, गरिबी, बेरोजगार र भोकमरी जस्ता जटिल समस्याहरु अझ फराकिलो बन्नुपुग्छ त्यसैले व्यक्ति र समाजको सम्पन्नातापछीका योजनाहरु नै आर्थिक रुपान्तरणको आधार मानिनु आवश्यकता छ l आज देशमा संघिय लोकतान्त्रिक गणतन्त्र  प्रबेश गरेको छ तर पनि देशमा भोकमरीको अन्त्य हुन सकेको छैन, गरिबिहरुको बढ्दो चापले देश झन् बिपन्न भईरहेको छ l नेपाल एउटा कृषिप्रधान देश भनिएतापनि आय आर्जन गर्ने साधन र माध्यमहरु अनि कृषि सम्बन्धि ज्ञानको कमीले उत्पादनमा प्रभाब  परिरहेको छ, गरिबीले शिक्षाबाट बन्चित जनतामा चेतनाको कमि छ , सारा समाज अन्धविश्वासको सञ्जालभित्र फसिरहेको छ, बिकृतिजन्य समाजमा जातीय तथा बर्गिय भेदभाबले व्यक्तिबाट व्यक्ति दासत्व बनिरहेको छ  यस्तो बिकराल समस्याको घडीमा नयाँ नेपाल निर्माण गर्नु आर्थिक तथा सामाजिक रुपान्तरणको गतिलाई तिब्रता दिनु त्यति सजिलो भने छैन, निक्कै चुनौतीपूर्ण सदुपयोगले नै देशको आर्थिक क्रान्तिलाई बिस्तृतिकरण गर्न सकिन्छ त्यसैले व्यक्ति र समाजमा शैक्षिक अभियान, बौद्दिक तथा सिपमुलुक ज्ञानले सम्पन्न बनाई भौतिक तथा भौगोलिक संरक्षण सुध्रिढीकरण र बैज्ञानिक नवनिकरणलाई बिकासको तिब्र रुप दिनु नै आर्थिक सम्पन्नताको एक बैचारिक बिकल्प हो l
प्रवासी: "हिम छन्त्याल"    

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS