२२ माघ, काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले जेठ १४ मा संविधान नबने ताजा जनादेशमा जानु पर्ने वताउनुभएको छ । प्रेस युनियन कञ्चनपुरले आईतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले संविधान सभाको म्याद पटक पटक थप्नु जनतालई ठग्नु सिवाए अरु केही नहुने भन्दै जेठ १४ मा संविधान जारी हुन नसके अर्को चुनावमा जानु उत्तम हुने वताउनु भयो ।राज्य पुर्नसंरचना सुझाव आयोगले वुझाएको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नभएको देउवाको भनाई छ । आयोगका कारण दलहरु विच राज्य पुर्नसंरचाका विषयमा विवाद उत्पन्न भएको उहाँले वताउनुभयो । उहाँले कैलाली र कञ्चनपुर सुदुरपश्चिमबाट टुक्र्याएर जातीयता भड्काउन खोजेको वताउदै सुदूरपश्चिममा कर्णली र भेरीलाई पनि समावेश गराएर एक राज्य निर्माण गर्नु पर्ने धारणा व्यक्त गनुभयो । देउवाले माओवादीले विभिन्न बखेडा झिकेर शान्ति र संविधान निर्माण प्रक्रियालाई रोक्न खोजेको आरोप लगाउनु भयो ।
नेता देउबाले वर्तमान समयमा मुलुकलाई अनिर्णयको वन्दीवाट हटाउन नेपाली काँग्रेसको नेतृत्वको राष्ट्रिय सरकार अपरिहार्य रहेको वताउनु भयो । एक फरक प्रसंगमा नेता देउवाले पार्टी भित्रको विवाद तत्कालका लागी मात्रै टुङगिएको र दुवै पक्षको सहमतिमा मात्रै विवाद टुङगिने बताउनु भयो । “अहिले नै विवाद टुङगियो भन्न सकिदैन”,देउवाले भन्नुभयो । देउबाले माओवादीका लडाकुका शिविर खाली नभएसम्म र कब्जा सम्पत्ति फिर्ता नगरेसम्म शान्ति प्रक्रिया पुरा हुन नसक्ने दाबी गर्नु भयो ।





0 : बिचार र सुझाबहरु:
Post a Comment