Home » » भट्टराई सरकारको चुनौती

भट्टराई सरकारको चुनौती

Written By Admins on Friday, February 10, 2012 | 4:52 AM

प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधान भित्र जनयुद्द कालमा कब्जा गरिएका सम्पत्तिलाई कानुनी रुपमा बैधानिकता दिने निर्णयले ६ दिनसम्म संसत चल्ने l दुइदिन अगाडी भट्टराईले सबैलाई लक्षित गरिएको सम्वोधनमा ती निर्णयलाई फिर्ता गर्ने अभिव्यक्तिले पार्टीभित्र फेरी बिवाद सुरु भएको छ l
क्यान्टोमेन्टमा रहेका माओवादी सेनालाई स्वेछिक अवकास  रोज्नेहरू गतसातादेखि धमा-धम ४ देखी १० लाख रुपयाँ लिदै बिदाई गर्दैछन् l अर्को तिर संयुक्त राष्ट्रसंघको मिसनले अयोग्य ठहरिएका सेनाहरुलाई वाइसिएल बनाएर पार्टीको काम गराएका थिए l त्यही वाइसिएलले क्यान्टोमेन्टमा रहेका सेना जतिनै आर्थिक सहयोग गर्नु पर्छ भनेर आन्दोलन सुरु गरिएको छ l


तीनैवटा कुरालाई हेर्दा माओवादी भित्र फेरी बिवाद चर्किएको छ l यही विवादले कतै भट्टराईको सरकार ढल्ने त होइन भन्नेहरुको लर्को छ l माओवादी उपाध्यक्ष्य मोहन बैधे (किरण) को पक्षधारको चर्को बिरोधको कारण संसद स्थगित समेत गर्नु पर्यो सभामुख सुवास नेम्वांगले l केही समय अघि माथर भएको पार्टी भित्रको बिवाद जनयुद्दको कामलाई वैधानिकता दिने कुरा फिर्ता भएपछी फेरी केन्द्रीय कमिटी देखि स्थानीय तह सम्म बैचारिक द्दन्द भएको छ l

पार्टी भित्र सँधै आफुनै वर्चस्व चाहने प्रचण्ड दुइ उपाध्यक्ष्य बिचको झगडालाई फाइदा लिन चाहन्छन् l बैधे पक्षका सम्पूर्ण केन्द्रीय सदस्यहरुले पार्टीको बैठक देखि संसदको बैठक समेत बहिस्कार गरिआएको छ l माओवादी पार्टी फेरी फुट्ने त होइन भन्नेहरु दिनानुदिन गाफिन थालेका छन् l पार्टी भित्र चर्किदै गएको बिवाद एकतिर छ भने अर्को तिर ठुलो पार्टीको हैसियतले संविधान लेख्नु छ l यी दुई कुरा नेपाली जनताले र अन्तराष्ट्रिय जगतले माओवादीको कार्यन्वयन पक्षलाई चक्षु दृष्टिले हेरिएको छ l माओवादी पार्टीले १० वर्ष युद्द लडेर कमाएको पहिचान र बोकेको नारालाई बचाउनु छ र त्यही पहिचान संग-संगै प्रजातान्त्रिक दललाई संगै लिएर हिड्नु अर्को ठुलो चुनौती बीच पार्टी अगाडी बढेको छ l

शान्ति प्रक्रियामा आएको ५ -६ वर्ष बितिसक्दा पनि हिजो युद्द सुरु गर्दा बोकेका माओ सिद्दान्तलाई चुलुम्मै प्रजातान्त्रिक खोलभित्र डुबाएका छन् l ती प्रजातन्त्रको खोलले देशलाई धुजा-धुज बनाएका दल र नेताहरु हामी सच्चा वा असली प्रजातन्त्रवादी भन्न रुचाउछन् l भट्टराई सरकाले सोचे अनुरुप सक्षम नभएपनि हिजोका सरकार भन्दा केही हदसम्म राम्रा कामहरु गरेको छ भन्नु नै पर्छ l पार्टी भित्रको बिवादलाई वहस, छलफलको मध्यमबाट अगाडी बढ्नु पर्छ l संग-संगै पार्टीले बोकेको विचारलाई मार्नु हुदैन l

र, बहुदलिय दलहरुलाई एकसाथ लैजानु भट्टराई सरकारको चुनौती हो l यी दुवैलाई संयोजन गरेर लगिएमा संविधान लेखनले सार्थकता पाउछ l र, नेपाली जनताले खोजेको संविधान हेर्न पाउछन् l यदी यो विषय वस्तुलाई  माओवादी नेतृत्व वा भट्टराई सरकारले निरन्तरता दिन सकिएन भने नेपाली जनताको दुर्भाग्य  हो भन्नु पर्छ l जेहोस भट्टराई सरकारलाई चुनौतीका बीच ठुला-ठुला काम गर्दै जाओस् भन्ने हाम्रो शुभकामना l साथै पार्टीका लागि बलिदानी दिएर सहयोग गर्ने तमाम कार्यकर्तालाई एकसाथ अगाडी लैजानु पर्छ यही नै पार्टीको धर्म हो l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS