
गए साता देखि नेपाली प्रिन्ट मिडिया देखि अनलाइन सम्म दुइवटा समाचारले प्रत्येक क्षणमा चर्चा पाइरहेको छ l बहालवाला मन्त्री गुप्तालाई जेल चलान गर्नु र हाँस्य अभिनेता सन्तोष पन्तको छोराले लिङ्ग परिवर्तन गर्नुले ठुलो खैलावैला छाएको छ l समयको दौरान संगै यी दुइ घटना पृथक छन् l नेपाली इतिहासमा पहिलो पटक बहालवाल मन्त्रीलाई जेल पठाउन र नेपालमै पहिलो पटक लिङ्ग परिवर्तन गर्नु नौलो बिषय हो l यी दुबै बिषयको सार र तत्वलाई मापन गर्दा इतिहासको पानामा लेख्नु पर्छ l
गुप्ता एक मधेसी मुलका कुशल नेता थिए l कुशल नेता हुदा हुदै पनि उनले भ्रष्टचारबाट आकुत सम्पत्ति कमाएको ठहर अदालतले गरेको हो l जनअधिकार फोरमबाट टुक्रिएर बनेको तराई गणतान्त्रिक मोर्चाको अध्यक्ष समेत रहेको गुप्ता जेल पठाएपछि पार्टी नै नेतृत्व बिहिन बनेको छ l गुप्ताले मोर्चालाई आर्थिक, राजनैतिक रुपमा अगाडी बढाएका थिए l गुप्ताको पक्राउ पश्चात उनी सम्वद्द दल मोर्चाले आफ्नो पार्टीको नेतृत्व र भावी योजना तय गर्दैछन् l
गुप्ताको पक्राउलाई राजनैतिक बिषय बस्तु बनाएर तराईमा आन्दोलन भयो भने ठुलो नकारात्मक प्रभाव हुन सक्छ l यस बिषयमा सरकारले ध्यान दिनु पर्छ l
साथै, हामीले पत्रपत्रिकामा पश्चिमी देशहरुमा लिङ्ग परिवर्तनको समाचार सुनिन्थ्यो l अहिले हाम्रै देशमा लिङ्ग परिवर्तन भएर आएको देख्दा सबैमा अचम्मित छाएको छ l लिङ्ग परिवर्तन संगै नेपाली शहर बजारमा छाएको हो-हल्लाले तरंगित भएको छ l जेहोस अहिले सम्म नभएको इतिहासिक घटना क्रमका पात्रद्द्यलाई धन्यबाद l
0 : बिचार र सुझाबहरु:
Post a Comment