Home » » संविधान र राजनैतिक दल

संविधान र राजनैतिक दल

Written By Admins on Thursday, March 8, 2012 | 6:20 AM

संविधान सभाको चुनाव पछि सत्ताको भागबन्डामा दलहरु तछाड-मछाड गरिरहेका छन् l दलका नेताहरुले सर्वजानिक सभा, समाहरोमा  जनताको नाम संग संविधानको कुरा जोडे पनि संमग्र रुपमा उनीहरुको स्वार्थी सत्तामा जानु नै हो भन्ने कुराको स्पष्ट हुदै आएको छ l


गएको सत्ता तेस्रो दल नेकपा एमालेको मिनी महाअधिवेशन मार्फत पार्टी भित्र भएको गुट-उपगुट एक भएको घोषणा संगै अहिलेको सत्ता इतिहासकै भ्रष्टाचारी भन्न भ्याए l र, एमाले अव ठुलो पार्टी बन्ने रे !
माथिका कुरालाई मुल्यांकन गरेर हेर्दा उनीहरुकै भाषामा ठुलो र स्वच्छ पार्टी होला l हिजो जनताले दिएको मतअधिकारलाई हेर्ने हो भने उनीहरु तेस्रो दल हो l साथै तेस्रो दल हो भनेर उनीहरुले भुल्न पनि हुदैन l संविधान सभाको चुनाव अगाडी वल्खु दरवारमा बसेर क्यालकुलेटरको हिसावमा चुनाव जित्छु भनेर बस्ने एमाले चुनावको परिणामले नराम्रो संग पछारेपछि नाक जोगाएर सर्वजानिक सभाहरुमा बोल्न थालेका कुरा पनि बिर्सिनु हुदैन l


निर्दलीय व्यवस्थाको अन्त्य संगै बहुदलीय व्यवस्थामा एमाले र कांग्रेसले सत्ता लिप्न भ्रष्टचार, अशान्ति र देशको ढुकुटी रित्याउने काम यही दलले गरेको हो भन्दा फरक नपर्ला l प्रजातन्त्रको हावा फुक्ने कांग्रेस देशकै गन्ध राजनैतिक गर्ने पार्टी हो भन्दा सायद कसैको दुइ मत नहोला l साथै एमाले पार्टी कुनै वादको नाम कम्युनिस्ट भएपनि पार्टी संग सैद्दान्तिक विचार र मार्गदर्शन नहुँदा सत्तामा पुगेर भ्रष्टचार गर्ने बाहेक उनीहरु संग कुनै बाटो भएन l जुन बेला मनमोहन अधिकारी र  मदन भण्डारी थिए त्यसबेला एमाले थिए l यी दुइ नेताको बिलय संगै पार्टी दक्षिण वामपन्थीको दलमा फस्न बाध्य भयो l फलस्वरूप: अहिले सम्म एमालेमा बिचारको बाटो छैन l झन्डा र व्यानरमा,  महान कम्युनिष्ट व्यक्तिहरुको फोटो राखेर सभा समाहरो गरेपनि जनतालाई निकास दिन नसक्ने एमाले किन पार्टी भनेर बस्ने ?

दश वर्षको बलिदानीलाई विर्सेर माओवादीले पार्टीलाई अर्को एमाले बन्नमा तलिन छन् l पेरिस डाँडाको पार्टी कार्यलयमा तछाडमछाडको बैठक गरेर मात्र नेपाली जनताको बलिदानलाई भुल्नु हुदैन l संविधान सभाको चुनावबाट ठुलो दलको रुपमा गनिएका माओवादी पार्टी भित्रको किचलोले एमाले जस्तै हो भन्ने कि ? र, माओवादीले साच्ची नै नेपाली जनताको मुल्यांकन गर्छ भने दशवर्षको जनयुद्दलाई फर्केर हेर्नु अनि १५ हजार नेपाली सपुतहरुको बलिदानलाई कदर गर्नु र देशलाई एउटा सुन्दर र विकसित मुलुकको लागि आफ्नो कार्यनिति तय गरेर अगाडी बढ्नु बाहेक अरु विकल्प छैन l होइन भने अर्को एमालेको नाममा चिनिने छ l      

अवको ३ महिना भित्र यी ठुला दलहरुले संविधान जारी गरिएन भने जनताबाट संजय पाउने छ l साथै जातिय, भौगोलिकको आधारमा संघिय आधारमा संविधानलाई जारी गर्नु पर्छ l यही नै नेपाली आम जनताको चाहना र भावना हो l

अन्त्यमा जेठ १४ बाट पनि संविधान जारी भएन भने देशमा  स्थिति के हुन्छ ? यही प्रश्न सबैमा छाएको छ l दलहरुले सत्तालाई कमाउने ठाउँ भन्दा जनताको मूल्य-मान्यता सहितको स्वसासन बनाउन नै अहिलेको आवश्यकता हो l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS