Home » » राष्ट्रसंघका महासचिव वैशाख १६ मा नेपाल आउने

राष्ट्रसंघका महासचिव वैशाख १६ मा नेपाल आउने

Written By Admins on Saturday, March 10, 2012 | 3:39 AM

काठमाडौं, फागुन २७- राष्ट्र संघका महासचिव वान कि मुन वैशाख तेस्रो साता नेपाल आउने भएका छन्। उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको निमन्त्रणामा उनी वैशाख १६ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रसंघीय महासचिवका रूपमा यो उनको दोस्रो नेपाल भ्रमण हो।

समितिको शुक्रबार बसेको बैठकले मुनको नेपाल भ्रमण मिति सार्वजनिक गरेको हो। उनी लुम्बिनी विकास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष पनि हुन्। 'महासचिव मुन वैशाख १६ गते दुई दिनका लागि नेपाल आउने पक्का भएको छ,' समितिका सदस्य मिनेन्द्र रिजालले नागरिकसँग भने, 'लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी हुन उहाँ आउन लाग्नुभएको हो।'

रिजालका अनुसार महासचिव मुनले नेपाल आउने मिति तय गरी पत्र पठाएपछि शुक्रबार समितिको बैठक डाकिएको थियो। बैठकले वानको भ्रमण र सम्मेलनको आवश्यक तयारी तदारुकतासाथ अघि बढाउने निर्णय गरेको छ। मुनको भ्रमण र सम्मेलनको तयारी सम्बन्धमा थप निर्णय फागुन ३० गते बस्ने समितिको अर्को बैठकले गर्ने उनले बताए।

लुम्बिनीलाई शान्ति क्षेत्रका रूपमा विकास गर्न सरकारले गत असोज ३० गते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा 'उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति' गठन गरेको थियो। दाहाल लगायत समितिका सदस्यले कात्तिक २३ गते अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा मुनलाई भेटी नेपाल आउन निम्तो दिएका थिए।

उक्त भेटमा दाहालले मुनलाई लुम्बिनी विकासको अन्तर्राष्ट्रिय समितिको अध्यक्ष बन्न आग्रह गरेका थिए। मुनले दाहालको प्रस्ताव स्विकार गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा आउने बचन दिएका थिए।
'लुम्बिनीमा मंसिर १७ बाट सुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई महासचिव मुन त्यही दिन फर्कनु हुनेछ,' रिजालले भने, 'सम्मेलनमा उहाँको भूमिका के हुने भन्ने निर्णय हुन बाँकी छ।'
भ्रमणको पहिलो दिन मुन राजनीतिक भेटघाटमा व्यस्त हुने जनाइएको छ। उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाल ेअध्यक्ष झलनाथ खनाल लगायत नेतासँग भेट गर्नेछन्।

यसअघि महासचिव मुन आफ्नो पहिलो कार्यकालमा २०६५ कात्तिक १५ गते नेपाल आएका थिए। उनले लुम्बिनी भ्रमण गर्नुका साथै केही माओवादी लडाकुका शिविरको अवलोकन र संविधानसभाका सदस्यहरूलाई सम्बोधन गरेका थिए। (नागरिक)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS