Home » » आजदेखि शैक्षिक हडताल

आजदेखि शैक्षिक हडताल

Written By Admins on Saturday, March 10, 2012 | 7:09 PM

२८ फागुन, काठमाण्डौ । एसएलसी र अरु परीक्षाको मुखैमा शिक्षक-कर्मचारीले आज आइतबार देखि देशभरका स्कुलमा अनिश्चितकालीन हडताल गर्ने भएका छन् । शिक्षा मन्त्रालयमा ६ दिनसम्म भएको वार्ता विफल भएको भन्दै उनीहरु हडतालमा उत्रिएपछि ७५ लाख स्कुले विद्यार्थीको पढाइ बिथोलिने भएको छ ।
आजका सबैजसो पत्रपत्रिकामा शिक्षकहरुको हडतालको खबर छापिएको छ । नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले चार महिनादेखि चरणबद्ध आन्दोलन गर्दापनि सरकारले कुनै सुनुवाई नगरेपछि बाध्य भएर शैक्षिक आम हडताल गर्नुपरेको बताएका छन् । अहिलेको आन्दोलनमा शिक्षक कर्मचारी सम्बद्ध २३ संघ संगठन संलग्न रहेको उनीहरुले बताएका छन् ।

आन्दोलनलाई परिणाममुखी बनाउन अरु कक्षाका वाषिर्क परीक्षा मात्र नभएर एसएलसी समेत अवरोध गर्ने धम्की आन्दोलनरत शिक्षक संगठनहरुको दिएका छन् । विगतका सहमति कार्यान्वयन तथा पछिल्लोपटक राखिएका ४७ बुँदे माग पूरा हुनुपर्ने शिक्षकहरुको माग छ । आमहडतालले आजैदेखि सुरु हुने कक्षा ८ को जिल्लास्तरीय परीक्षा समेत अवरुद्ध भएको छ ।

आफैले पढाएका विद्यार्थीको वाषिर्क परीक्षा र पढाइ अवरुद्ध हुने गरी शिक्षकहरुले आन्दोलन गर्नुलाई अभिभावकले गैरजिम्मेवारीको पराकाष्ठा मानेका छन् । तत्काल वार्ताबाट समस्याको समाधान गर्न र विद्यार्थीको पढाइ र परीक्षा नरोक्न अभिभावकहरुले आग्रह गरेका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS