Home » » अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

Written By Unknown on Saturday, June 18, 2016 | 9:03 PM


काठमाडौं, ५ असार । अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गएराति १० बजेसम्म सहसौला चोकस्थित विनोद महराको पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

यस्तै सोही मदिरा पिएर औरही गाविस–३ का बद्री मल्लिक र पसले विनोद महरा पनि सिकिस्त बिरामी भएका छन्। मल्लिकको उपचार इलाका हेल्थ पोस्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्लाबाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS