Home » » जापानमा गएको भुकम्पमा १२ जना नेपाली सम्पर्कविहीन

जापानमा गएको भुकम्पमा १२ जना नेपाली सम्पर्कविहीन

Written By Admins on Tuesday, March 15, 2011 | 1:28 AM

गत शुक्रबार  जापानमा  गएको महाभूकम्प तथा सुनामीमा परी १२ जना नेपाली सम्पर्कविहीन भएका छन् । बढी प्रभावित मियागी र सेन्डाई क्षेत्रबाट शनिबार अपराह्नदेखि सम्पर्कमा नरहेका उनीहरूबारे टोकियोस्थित नेपाली दूतावासमा जानकारी गराइए पनि विदेश मन्त्रालयबाट ती बेपत्ताको स्थिति स्पष्ट नपारिन्जेल दूतावासले केही बताउन चाहेको छैन ।

 सेन्डाईस्थित एक इन्डियन रेस्टुरेन्टमा काम गर्ने चूडामणि सापकोटा, सेन्डाईमै कार्यरत बाबु सापकोटा, माया गुरुङ, मियागीस्थित यती रेस्टुरेन्टका सञ्चालक श्रवण तुलाचन र मीना तुलाचनलगायत सम्पर्कबाहिर भएको जनाइएको छ । सम्पर्कविहीन नेपालीबारे दूतावास जानकार रहे पनि यकिनसाथ केही भन्न नसकिने टोकियोस्थित दूतावासका उपनियोग प्रमुख दुर्गाबहादुर सुवेदीले बताए । नेपालीको स्थिति पहिचान गर्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समितिसमेत गठन गरिएको छ ।

टोकियोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी छन् । समिति सदस्यहरूमा भूषण घिमिरे, गोविन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, किरणविक्रम थापा, राजन प्रधानांग, भवन भट्ट, सरोज कँडेललगायत छन् । जापानमा अहिल एक लाख अमेरिकी सेना पनि पीडितको राहत तथा उद्धारमा जुटेका छन् ।

पछिल्लो तथ्यांकअनुसार जापानमा २० हजारजति नेपाली छन् । राजधानी टोकियोमा ५ रेक्टरको मात्रै भुइँचालो आएकाले युवाते, मियागी, फुकुसिमा, सेन्डाईजस्तो ठूलो क्षति र हताहत स्थिति नरहेको दूतावासले जनाएको छ । शनिबार बिहानसम्म नेपालीलाई कुनै क्षति नभएको भनिए पनि बेपत्ता र सम्पर्कविहीनको संख्या बढ्दै गएकाले यसबारे जानकारी आउन बाँकी रहेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS