Home » » जुटौ र पहल गरौ ।

जुटौ र पहल गरौ ।

Written By Admins on Thursday, March 17, 2011 | 3:03 AM

मानव सभ्यतालाई कृतिम विकासले सुन्दर बनाउछ l त्यसैको उपज हो आजको विश्व सुन्दरता l हामी नेपाली समाजमा दिनानुदिन आधुनिक कृतिम विकासले वामे सर्ने क्रम जारी छ l

झन्डै ४ महिना अगाडी ठाडाखानी हुदै मल्कबांगसम्म वन्दै गरेको कच्ची सडक आज हुमी डाँडाको  तारे चौतारी स्थित पुगेको समाचार प्राप्त भएको छ l र, अव हुमि डाँडा देखि  कुइने  हुदै मल्कबांगसम्म कच्ची सडक निर्माणका लागि आर्थिक, भौतिक र नैतिकका विविध बिषयहरुमा हामी कुइने, मल्कबांगबासीहरु गोलबद्द भएर जुट्नु पर्ने देखिन्छ l  आफ्नो देश र समाजप्रतिको अधात माया हामी सबैमा पक्कै पनि छ l र, त्यसैको उपज हो आज कच्ची सडक निर्माणका लागि तमाम कुइने, मल्कबांगबासीहरुमा सहयोगका लागि अनुरोध  l

झन्डै १५%को हाराहारीमा हामी कुइने, मल्कबांगबासीहरु आज विदेशको भुमिमा कार्यरत छन् l तपाईहरुमा ति हाम्रो  विकट गाउँ  सम्म बन्दै गरेको कच्ची सडक संरक्षण, सम्वर्द्दनका लागि सो-इच्छाको सहयोगका लागि अपिल यो लेख मार्फत गर्दछु l अर्को कुरा हामी जतिपनि प्रवासमा छौ सवैले आ-आफ्नो ठाउँबाट  सहयोगको लागि कमिटिको गठन गर्दा कसो होला ? यी कमिटीले ति हाम्रो  विकट गाउँ सम्म  बन्दै गरेको सडक देखि सम्पूर्ण भौतिक पूर्वाधारका विकासकाहरुमा पनि आर्थिक सहयोग होस् भन्ने चाहना हो l

साथै, विश्वभरि रहेका कुइने, मल्कबांगबासीहरुले आफ्नै विकट गाउँ-ठाउँलाई आर्थिक, भौतिक र नैतिक सहयोगका लागि प्रवासमा विविध खालका योजनामुखी सृजनसिलका संगठानिकलाई विस्तार गर्दा राम्रो नै हुने महसुसले मैले समग्र रुपमा सम्पूर्ण कुइने, मल्कबांगबासीहरुमा अनुरोध गरेको हुँ l हिजो मात्र ठाडाखानी देखि मल्कबांगसम्मको सडक निर्माण समितिका कोषध्यक्ष टेक बहादुर घरब्जा छन्त्याल ज्युसंग फोन मार्फत लामो भलाकुसारी भएको थियो l उहाँको पनि चाहना विदेशमा रहेका कुइने, मल्कबांगबासी महानुभावहरुले सहयोग गरेको खण्डमा सम्पूर्ण कुइने, मल्कबांगबासीहरुको हित नै हुने थियो l र, बि. सम्बत २०७० को हाराहारीमा  कच्ची सडक कुइने हुँदै मल्कबांगमा पुगिने कुरापनि उहाँले बताउनु भयो l

त्यसैले तपाई र मेरो यो सानो प्रयासले त्यो हाम्रो विकट गाउँ-ठाउँका हजारौ जनमानसको मुहार फेर्छ भने  किन हामी दुई हात बाँधेर बस्ने ? जवसम्म मानव जिबनमा प्राकृतिक र कृतिम विचका पुर्वाधारलाई मिश्रण गर्न सकिदैन तवसम्म हामी उही ढुंगे युगमा वसेको अनुभूत नै हुन्छ l त्यसैले आजको यो वैज्ञानिक युगको वाटोमा हामी कुइने, मल्कबांगबासीहरु पनि अग्रसर हुन मेरो अपिल l

अन्त्यमा, महान, शक्ति, विचार, मुर्ख, खुसी, इष्या र लोभ हाम्रो जीवनका अर्को शक्ति हो l त्यसैले तपाई जहाँ जसरी रहनु भएपनि  त्यही अवस्थाबाट तपाइले सक्ने सहयोगका लागि तपाई आफै अतुलनीय हुनु हुन्छ l त्यसका लागि कुइने, मल्कबांगबासीको प्रवासी कमिटी बनोस भन्ने सल्लाहका साथै बिन्रम अनुरोध l

र, कुइने, मल्कबांगबासीको अधेरो मुहारलाई उज्यालो बनाउन अग्रसर कच्ची सडक निर्माणका सम्पूर्ण महानुभावहरु, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने व्यक्तिहरु र भावनाका तरेली संगै सहयोग बोकेर आफ्नो सहयोगलाई व्यवहारिक रुपमा बनाउन नसकेका मित्रहरु लगायत आम सदर महानुभावहरुमा हामी सम्पूर्ण कुइने, मल्कबांगबासीले बिर्सने छैन र सदावहर आदरको कोटी-कोटी सम्मान गर्दछ l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS