म, तपाई र हामी सबै मानव जाति जन्मिदै चेतनाको ठुलो भण्डार लिएर आएको हुन्छ l त्यही चेतनाले गर्दा संसारमा दिनानुदिन महामानव जन्मिने गर्छन l र, त्यही महामानवको एउटा उदाहरण हो विक्रम सम्वत् १९८८ असार ६ गते म्याग्दी जिल्लामा जन्मिएका मिन बहादुर सेरचन ७७ वर्षको उमेरमा सगरमाथा सफल आरोहन पश्चात विश्व रेकर्ड ग्रिनिज बुकमा समेत नाम लेखाई सकेका छन् उहाँले l
हाल उहाँ ८० वर्षको हुनु हुन्छ l र, १९४७ म़ा मलायामा भर्ति भएर १९५४ सम्म सैनिक जवान वनेर रिटायर जीवनको साहसिक काम सगरमाथा आरोहन पश्चात फेरीपनि पूर्वी एसियाको भ्रमणम़ा उहाँ हुनु हुन्छ l म र उहाँ बिचको भेटघाटम़ा उहाँले पोखेका साहसका कुराले मलाई पनि अगाडी बढ्ने प्रेणा थपेको छ l अर्को कुरा सन् २०१२ देखि १३ सम्मम़ा उहाँ आफ्नो रेकर्ड आफै तोड्ने सगरमाथा आरोहन गर्दैछन् l र, उहाँको यात्राको कामना !
साथै, नेपालमा अहिले ''पर्यटन वर्ष -२०११'' मनाई रहेको छ l त्यही अवसरम़ा उनि नेपाल सरकारको तर्फबाट ''पर्यटन दुत'' समेत चुनिएका छन् l सन् २०१२ म़ा सगरमाथा आरोहन र पर्यटक वर्ष २०११लाई सफल बनाउने उनि आर्थिक सहयोग र अन्तराष्ट्रिय कुटनीतिक सम्वन्धम़ालाई थप सम्वन्ध बनाउन भ्रमणको क्रममा आज मलेशिया हुदै पूर्वी एसियाको भ्रमणम़ा हुनु हुन्छ l जे होस् उहाँको साहसिक कदमलाई सलाम र उहाँले दिनु भएको प्रेणालाई मुरी-मुरी धन्यवाद l
Home »
» प्रेणाको स्रोत : मिन बहादुर
0 : बिचार र सुझाबहरु:
Post a Comment