राजनैतिक समाज परिवर्तनका लागि चाहिने दर्शन हो l राजनैतिक दर्शनले गर्दा विश्वमा ठुला-ठुला राज्य परिवर्तन भएको कुरा तपाई-हामीलाई स्पष्ट थाहा छ l यी राजनैतिक दर्शनले भौतिक, आर्थिक र सैद्दान्तिकलाई अदृश्य रुपमा परिवर्तन गराउछ l हामीले बुझ्नु पर्ने एउटा कुरा के हो भने l संसारको सवै मानवलाई राजनैतिक दर्शनले डोर्याईरहेको छ l जव हामीले राजनैतिकलाई बुझ्दैनौ भने देश विदेशका कुरालाई नियालेर हेर्न सकिदैन l किनकी हरेक राज्यलाई राजनैतिक दर्शनले प्रेरित गराई रहेकोहुन्छ l संसारमा राजनैतिक दर्शनलाई दुइ तरिका बाट हेर्न सकिन्छ l
(क) पुँजीवादी दर्शन (प्रजातान्त्रिक व्यबस्था)
(ख) सम्यवादी दर्शन (कम्युनिष्ट व्यवस्था)
(क) प्रजातान्त्रिक व्यवस्था :- जव संसारमा पुँजीवादले चरम रुप लिन्छ त्यस भित्र प्रजातान्त्रिक व्यवस्थाले आफ्नो रुपमा गतिलिई रहन्छ l प्रजातान्त्रिक व्यवस्था भित्र धनि, गरिबको अन्तर द्दण्ड हुन्छ l र प्रजातान्त्रिक भित्र ''जसको शक्ति उसैको भक्ति'' भने झै आ-आफ्नो रुपमा प्रतिस्पर्दा भई रहन्छन l त्यसैको स्वरूप हो अहिले विश्वमा चरित्र र प्रजातान्त्रिक पद्दतिलाई विश्वका विश्लेषकहरु द्दारा आलोचित भएको उदाहरण छ l जस्तै :-विकासित मुलुक लन्डन, जर्मन र भारतमा प्रजातान्त्रिक व्यवस्थाको कमीकमजोरी छन् l ती देशहरुमा न्यायापालिक, कार्यपालिक विच विमेल, राज्य र जनता बिचको असन्तुष्टि हुन् l प्रजातान्त्रिक भित्रका सवै तह घुसखोरी, चप्लुसी र अपरादार्शिता हुन्छ l कानुनी रुपमा प्रवन्धन भएपनि व्यवहारिक रुपमा स्पष्टता हुदैन l
(ख) कम्युनिष्ट व्यवस्था:- जहिले पनी कम्युनिष्ट दर्शनले नयाँ वैज्ञानिक रुपमा समाज र राज्यलाई डोर्याउने किसिमका योजना र व्यवहारिक ज्ञान दिन्छन l
दोस्रो विश्व युद्द पछी सोभ्यत संघ (अहिलेको रुस) मा सम्यवादको उन्मुखमा लम्किरहेको थियो l त्यसवेला विश्व युद्द आफ्नै आन्तारिक गृह युद्दले सम्यवादलाई अंगलन सकिएन l सम्यवादको विरोध प्रजातान्त्रिक दर्शक मान्छेहरुले विरोध गर्छन l त्यसैको रुप हो सोभ्यत संघको विघटना र कम्युनिष्टहरुको पराजय l संसारमा जैहिले पनी पुँजीवाद र सम्यवाद बीच द्दण्ड हुन्छ l दुनियाँमा हरेक मान्छे अकुत सम्पति, धन, दौलतको चोहो गर्छन l यी दुवै कुरा मान्छेले चाहन्छन l त्यसैले त विश्वमा ठुला-ठुला युद्द, गृह युद्द हुन्छ l तर पुँजीवाद र सम्यवाद जहिले पनी परस्पर हुन्छ l यी पुँजीवाद र सम्यवादको लडाईमा जो जस्को जित हुन्छ त्यसैले विश्व हाँक्ने चलन हामी सामु छर्लंग छ l
नेपाली राज्यव्यवस्था र समाज पनी पुँजीवादी र सम्यवादको अर्थात् प्रजातन्त्र र कम्युनिष्टहरुको लडाई भईरहन्छ l नेपाली राज्यको ईतिहाँसलाई हेर्ने हो भने तत्कालिन रुपमा जनयुद्द छाडेर आएका माओबादीहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ l नेपाली राज्यव्यवस्था पुर्वाकल देखि पुँजीवादी शैलीमा चलिआएको सत्य तथ्य हो l ती पुराना शैलीको व्यवस्थालाई तोडेर कम्युनिष्ट राज्यव्यवस्थाको निर्माण गर्नका लागि माओबादीहरुले १२ वर्ष युद्द गर्यो l ती युद्दले कुनै किसिमको उपलब्धि नगरेपछि प्रजातान्त्रिक भित्रै लोकतान्त्रिक शव्द थपेर भएपनि युद्द छोडेर वाहिर आए l प्रजातान्त्रिक, लोकतान्त्रिक जे भने पनी पुँजीवादको सेरोफेरोमा यी राज्यव्यवस्था चलेको हुन्छ l
हामी नेपाली राज्यव्यवस्था भित्र राजनैतिक ठुला-ठुला युद्द हुन्छन भने विश्वका विकासित देशमा द्दण्ड, युद्द नभएको होइन l त्यसैले राजनैतिक एउटा आमुल परिवर्तक लागि चाहिने एउटा दर्शन (विधा) हो l जहिले पनी समाजमा बसेका मानिसलाई नेतृत्व गराई रहन्छन l
Home »
» समाज परिवर्तनका लागि राजनैतिक दर्शन !
0 : बिचार र सुझाबहरु:
Post a Comment