झन्डै १ वर्ष अगाडी मैले हेरेको अंग्रेजी संस्करणको फिल्म "२०१२" लाई आज मेरो मस्तिकको मेमोरी, आँखाकोपर्दा र मनको कथालाई टेपरेकर्ड झैँ फरवार्ड गरें l
फिल्म भित्रको कथा अनि संसारभरि चल्दैआएको घटनाक्रमले कतै हामी मानव जातिको अन्त्य हुने त होइन ? भन्ने प्रश्नले मेरो हिर्दयको रेशा-रेसामा दगुरी रहन्छ l आज दुनियाँमा एकातिर प्राकृतिक प्राकोपले मानवजातिलाई नष्ट पार्दैछन l यी दुवै कुराको मिश्रण हामी मानव जातिको अन्त्य हो जस्तो लाग्छ l
संसारमा वैज्ञानिक, हरेक धर्मका धर्म गुरुहरु, विश्लेशक र सर्वसाधारणले संसारभरिको घटना क्रमलाई मुल्यांकन गर्दै मानव जातिको अन्त्यको बिषयमा जोडदार आ-आफ्नो तर्क राख्दै छन् l
हामी मानव आफु र अर्काको सुख:दुखमा समजदारी चाहने भएकोले यी संसारमा प्रकृतिक प्रकोपसंग न त धर्म न त लिंग, न त जातले मुकाविला गर्न सकिन्छ l केवल प्राकृतिक प्राकोपलाई वाच्न हामीले एउटा विश्वसमा धर्म, कर्म गर्ने मात्र हो l त्यसैले उल्लेखित फिल्ममा दैनिक प्राकोपका ठुला-ठुला चुनौतीलाई हामी वैज्ञानिक, धर्म गुरुले संसारभरि उस्तै किसिमले देखाएको छ l फिल्मको कथा जस्तै यो संसारभरि उस्तै प्राकोप हामी मानवमा आईपरे यो पृथ्वीको मानव जातिको अन्त्य नै हुनु हो l
त्यसैको उदाहरण हो भर्खरै जापानको भुइचालो र सुनामी, लिविया, इजिप्ट र बहराइन जस्ता ठाउँमा आन्दोलन, युद्द, अनि म्यानमार र इन्डोनेसिया जस्ता देशमा ठुला-ठुला भुइचालो आएको संकेत हुन l मानव जातिको अन्त्य l
जहाँ जे भएपनि हामी दुनियाँको जुनसुकै ठाउँमा भएपनि मानव हौ l हामीलाई मनको शान्त र वाहिरी बातावरण शान्त चाहिन्छ l र, संसार सवै शान्त र विकासमुलुकको कल्पनामा डुबेको हुन्छौ l त्यसैले हामी सवैले कामना गरौ हामी सवै मानव जातिका लागि हित हुने कुरामा र दुनिया मेरो, तपाईको र सवैको हो भन्ने बिचारले सम्पूर्ण मानव जातिलाई प्रोत्सान गरौ l र, भविष्यमा ती दु:ख, दयनिय दैविक, प्राकोप कल्पनामा पनि नओस भन्ने प्राथना गरौ l
0 : बिचार र सुझाबहरु:
Post a Comment