Home » » कहिले हामीले सम्बृद्ध नयाँ नेपालको सपना पूरा गर्ने ?

कहिले हामीले सम्बृद्ध नयाँ नेपालको सपना पूरा गर्ने ?

Written By Admins on Saturday, April 2, 2011 | 11:52 PM

देशको राजनीतिक अस्थिरताले  जताततै अस्थब्यस्थता र अराजकताले जकडिएको छ मुलुक यतिबेला । आर्थिक, राजनितिक, सामाजिक, धार्मिक जस्ता सबै क्षेत्र कोलाहल र गन्जागोल भएको छ । पर्यटकीय दृष्टिले संसारकै अनुपम देश भएर पनि असुरक्षा र अशान्तिले पर्यटकको बाटो बन्द झै भएको छ ।

मनमा शान्ति, सदभाव र सकारात्मक सोचका बिकास हुने हेतुले बुद्धको देश भन्दै नेपाल आएर लुम्बिनीमा दर्शन गर्ने बिदेशीहरुले समेत बुद्धकै देशमा अशान्ति - भनेर प्रश्न उठाउदैछन । तर हामी नेपालीहरु किन लाचार छौ । कर्तब्यबिमुढ छौ, अधिकार खोज्छौ कर्तब्यको हरण गछौ । नाम र सम्मान खोज्छौ तर वैमान गछौ । लक्षित उद्देश्य हासिल गर्ने सजिलो बाटो इंकार गछौ तर अप्ठायारो अराजक बाटो रोज्छौ अनि आपसमा जुत्छौ, लुछाचुडी गछौ । परि आए अर्काको कर‹ गन्छौ, ढाड सेकाउछौ । के त्यही हो हाम्रो चिनारी ? के त्यही थियो हाम्रो इतिहासले सुम्पिएको दायित्व ?

स्वदेश मै केहि गर्छौं भन्नेहरु, राजनीतिमा लागेर जनताको सेवा गर्छु भन्नेहरु स्वार्थको घेराबाट माथी उठन नसक्दा देश बिमारग्रस्त भएको छ । राजनीति सेवा हो भनिन्छ सर्मपण हो भनिन्छ तर गरिब दुखिया, किसान मजदुर हलिलाई बेवास्था गरिन्छ । बरु उनीहरुलाइ राजनीतिक संक्रमणको जोखिममा प्रयोग मात्र गरिन्छ । आफना राजनीतिक अभिष्ट पूरा भए पश्चात आफु र आफ्ना बाहेक आम जनतालाइ बिर्सिइन्छ । बिगत ६० बर्षयता हुँदै आएका आन्दोलन, उपलब्धी र सरकारी कार्यसम्पादन हेर्दा यस्तो लाग्छ जनता भनेका, दुखका सार्थी  मात्र हुन  सुखका सार्थी होइनन् । अरु नै टाठा बाठा छटटुप्रसादहरु हुन् । जनताले रगत मागे रगत दिन्छन, बलीदान मागे बलीदानी गर्छन, श्रम मागे श्रमदान गर्छन तैपनि देश खाडीको मरुभुमी जस्ता जताततै उजाड उदास किन ?

दुखको बेलामा जनताको साथ लिने र सुखको बखत जनतालाइ बेवास्था गर्ने नेता महोदयहरुलाइ खै कुन शब्दले धिर्काने ! उनीहरुले बुझुन, रोग, भोक, अशान्ति, अराजकताले आक्रान्त बनेको मुलुकको आमुल पुर्नसंरचनाको निम्ती बिगतका तमाम दलीय रिस राग र कटुता बिर्सनै पर्छ । सबैले आ आफना तर्फबाट आबश्यक त्याग गर्नैपर्छ र सहमतिको राजनीतिलाई खुराफातीमा उडाउने हैन कार्यान्वयन तहमा ल्याउनै पर्छ । हैन भने आम जनताले नेतृत्वलाई सदा सदा घृणा सिवाय केहि गर्ने छैनन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS