Home » » लिवियामा अमेरीकी आक्रमण बन्द हुनु पर्छ !

लिवियामा अमेरीकी आक्रमण बन्द हुनु पर्छ !

Written By Admins on Friday, March 25, 2011 | 3:29 AM

२०औ शताव्दीको अन्त्यतिर विश्वको शक्तिशाली राष्ट्र रुसलाई पुँजीबादी राज्यव्यवस्था अमेरिकाले ६-७ वटा टुक्रा-टुक्रा बनाएपछि आजसम्म अमेरिकी पुँजीवादको हैकमले  विश्वलाई नै हल्लाईरहेको  छन  l त्यसैको एउटा उदाहरण हो l भर्खरै अफ्रिकी मुलुक लिवियामाथि अमेरीकाले जर्वजस्ती गरेको हवाई आक्रमण l
 

राष्ट्र संघको वैठकले कुनै पारित नगरेको यी आक्रमणलाई आफु लगायत युरोपियन  राष्ट्रहरुको साहारामा  लिबियाली शासक गताफिको निवाससम्म क्षेप्यात्र प्रहार गरेका छन् l यी हवाई आक्रमणको विरोध रुस र चिनले वराम्वरा गरिरहेका छन् l तर पनि अमेरीकी गठवन्धन सेना (नेटो)ले लिवियाली  सर्वसाधारण जनताको वेवस्था गर्दै आक्रमण गरिरहेका छन् l
 

अन्तराष्ट्रिय रुपमा अहिले पुँजीवादको चरमचुली नागिसकेका छन् l अर्कोतिर चिन साम्यवादको वाटोमा लम्कीरहेका छन् l त्यसैले गर्दा अमेरिकाको एकतान्त्रिक हैकमले भोलिका दिनमा तेस्रो विश्व युद्द नहोला भन्ने सकिदैन l साथै, विश्वभरि प्राकृतिक  प्रकोपका  कारण मानव जाति नै ध्वस्त हुने होकी भन्ने आंशक वैज्ञानिकहरुको तर्क छ l किनकि जापानमा आएको विनंसकारी भूकम्प, सुनामी, वातावरणको गढवढीले अवका मानव जाति लोप हुने संकेत त ! होइन ? भन्ने आंशाक  सवैमा छाएको छ l   
 

अर्कोतिर विश्वभरि राज्यव्यवस्थाको परिवर्तनका लागि शान्ति पूर्ण आन्दोलन चलिरहेका छ l हाम्रो देश नेपालको १८ दिने प्रजातान्त्रिक आन्दोलनवाट २०० वर्ष पुरानो राजाको व्यवस्थालाई पनि विना हतियार पराजित वनाएर जनताको संविधान लेखन कार्यमा लम्किरहेको छ l त्यसैको एउटा उदाहरणलाई आत्मसाथ गर्दै अफ्रिकी राष्ट्र तुनिसिया, ईजिप्त, लगायत शान्तिपूर्ण आन्दोलनवाट सत्ता परिवर्तन भएको छ भने अन्य देश  लिविया, वहरायण, ओमानमा छिटफुट  शान्ति पूर्ण आन्दोलन भईरहेको छ l

र, भोलिका दिनमा अन्य देशमा पनि शान्तिपूर्ण आन्दोलन हुनसक्ने सम्भावना  छ l जव विश्वभरि आफ्नै अन्तरिक द्दन्दले गाँजेको हुन्छ l त्यसवेला अमेरीका जस्ता पुँजीवादी  राष्ट्रले गिद्दे व्यवहार सहित आक्रमण  गर्न थाल्छन l त्यसैको रुप हो लिवियाको आक्रमण l अमेरीका  ईसारामा चल्ने ति राष्ट्रसंघ किन आफ्नो भवनमा हजारौ कर्मचारी पालेर वस्नु पर्यो  l होइन भने अमेरिकाले जे गरेपनि सवै ठिक हो भनेर बस्ने यी राष्ट्रसंघका पदाधिकारी हरुले अमेरीकाले गरेको गलत कार्यको मुल्यांकन सहित दण्डको सजाँय हुन पर्छ l 
होइन भने विश्वभरि फेरी पनि अमेरीकाको विरुद्दमा अन्य देशहरुले जाई नलाग्ने कुरा नै हुदैन l
 

र, लिविया जनताको मुल्यांकनलाई आत्मसाथ गर्दै अमेरीकी गठवन्धन सेना (नेटो) लगायत अमेरीकाको इसारामा चल्ने देश फ्रान्स, इटाली र  व्रिटिसले पनि आ-आफ्नो सेना फिर्ता गर्नु पर्छ l

1 : बिचार र सुझाबहरु:

  1. आफ्नो स्वार्थमा खिया नलागुन्जेल अमेरिकीहरु किला झैं गडिरहन्छन् । जब स्वार्थ पूरा हुन्छ नयाँ नाटक शुरु गरेर विश्वलाई अलमल पार्छन् । खप्पिस खेलाडी हो अमेरिका । संसारले बुझ्नु जरुरी छ ।

    ReplyDelete

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS