नेपाली राजनैतिक वास्तविक रुपमा बुझ्ने हो भने तरल रुपमा रहेको छ l संग्रह रुपमा राजनैतिकलाई नियल्दा अहिलेको परिवेशमा राजनैतिक एउटा बिना बाटोको हिड्ने सपना जस्तै भएको देखिन्छ l नयाँसंविधानलाई जनता सामु प्रस्तुत गर्ने बेलामा आ-आफ्नो पार्टी बीच गुटफुटको सैद्दान्तिक लडाई चलिआएको छ l नेपाली राजनैतिकको यस्ता क्रियाकलपले जनताको भविष्यमा कालो धब्का लागेको छ भन्दा फरक नपर्ला l
आज संसारभरी प्रजातान्त्रिक पदाती अपनाईरहेको छ l यही अवस्थामा माओबादीको खुल्याम आगमन र शान्तिवार्ता पछिको परिस्थितिलाई जोड-घटाउ गरेर हेर्ने हो भने नेपाली राजनैतिक घिन लाग्दो छ l नेपाली राजनैतिकमा जनयुद्द पछि छुट्टै पहिचान बनाएका माओबादी समेत दोस्रो खेमाको एमाले बन्ने तर्खरमा छन् l
१६ वर्षको बहुदलीय अभ्यासमा एमाले आफ्नो स्पष्ट बाटो पहिचान गराउन नसकेकाले देशलाई ठुलो घाटा र वर्वादी समेत गर्यो l अहिले माओबादी पनि बहुदलीय जनवाद र जनवादी जनवादको बीचबाट अर्को वादको सिर्जनामा हिडेका छन् l एमालेको बहुदलिय जनवादले नेपाली जनताको भविष्य ५० वर्ष पछाडी पुर्यायो भने अव माओबादीको वादले नेपाली जनतालाई कहा सम्म पुर्याउने हो हेर्दै जाऔ l
अहिले शिविरबाट माओबादी सेना संयोजनको संघारमा पुर्याएको छ l तर संयोजन कसरी गर्ने भन्ने बिषयमा अन्तिम चर्का-चर्की भइरहँदा माओबादी नेतृत्वको आन्तरिक कलहाले देश नै शुन्यमा पुर्याएको छ l राजनैतिक दलका ठुला-ठुला पार्टीहरुले यही अन्तरिक कलहाबाट मुक्त जब हुदैन तवसम्म उही पुरानै दर्रामा देश चल्ने छ l अवको ३ महिना भित्रमा पनि नयाँ संविधान जारी गर्न सकिएन भने देश बर्बादी मात्र होइन एउटा मध्ययुगीन परस्थितिमा देश कोल्टे पर्ने छ l यही नै नेपाली जनताको दु:खतको क्षण हो l
नेपाली राजनैतिकलाई बाहिरी अडम्बरी रुपमा बिदेशी शक्तिले चलाईरहेका छन् l यी अडम्बरीलाई जबसम्म नेपाली राजनैतिक नेतृत्वले जानेर नेतृत्व दिन सकेन भने जनताको नेतृत्वमा देशमा जेपनि हुन सक्छ l देशमा विकास गराउने देश बिगार्ने उही नेताहरु नै हुन् l देश बिग्रियो भनेर विदेशबाट कारर अवधिमा नेताहरुलाई ल्याउने कुरापनि हुदैन l हाम्रै देशमा बिग्रेका नेताहरुलाई जनताको अगुवाईमा परिवर्तन गराउनु पर्छ l यही सबै जनताको कर्तव्य र दायित्व हो l बरु हामी नयाँ संविधान बन्दैन भने खबरदारी गरौ l र, खबरदारीबाट पनि नेताहरुको होस् खुलेन भने जनताले चुनेको विश्वासीलो पात्रलाई देशको रथ हाक्ने जिम्मेवारी दिदा कसो होला ?
0 : बिचार र सुझाबहरु:
Post a Comment