Home » » ४ वटा मुसाले रोके हवाइजहाज

४ वटा मुसाले रोके हवाइजहाज

Written By Admins on Tuesday, June 14, 2011 | 2:30 AM

बल र सामथ्र्यको कुरा गर्ने हो भने मुसा कति नै बलियो हुन्छ र ! सानो र निरिह मानिने मुसाले सयौं यात्रु बोकेर असिमित आकासमा उड्ने हवाइजहाजलाई उड्नबाट रोकेपछि भने यो प्राणीलाई चानचुने ठान्नु भूल हुनेछ । अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानका लागि तयार रहेको एक हवाइजहाज चारवटा मुसाका कारण केहि घण्टा उड्न सकेन् । उडानअघिको परिक्षणका क्रममा क्याबिनमा मुसा भेटिएपछि उडान स्थगित गरिएको थियो ।


हवाइजहाज चेकजाँचका क्रममा इमर्जेन्सी मेडिकल उपकरणमा मुसा भेटिएको एक एअरलाइन्स अधिकारीले बताए । मुसाले विशेष तारहरु काटेको हुनसक्ने आशंकाका कारण बि्रस्वेन उड्न लागेको उक्त विमानका यात्रुहरुलाई अर्कै विमानमा पठाउनु परेको थियो । विमानभित्र कसरी मुसा आयो भन्नेबारे अहिले गम्भिर छानविन भइरहेको अधिकारीहरुले बताएका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS