Home » » मलेशियामा दुतावासबाटै अस्थायी राहदानी

मलेशियामा दुतावासबाटै अस्थायी राहदानी

Written By Admins on Monday, December 26, 2011 | 6:16 AM

मलेसिया (क्वालालम्पुर), पुष ११ –  मलेसिया स्थित नेपाली  दुतावासले अस्थायी राहदानी वितरण शुरु गरेको छ । एमआरपी बनाउन लामो समय लगाएर काठमाडौं जानु पर्ने भएका कारण मलेसियाबाटै अस्थायी प्रकृतिको राहदानी जारी गर्न लागिएको हो ।

दुतावसका अनुसार मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेका नेपाली कामदारले पासपोर्टका लागि आवश्यक सम्पूर्ण प्रमाण जुटाएपछि अस्थायी राहदानी प्राप्त गर्न सक्छन् । ‘बायोमेट्रिक पश्चात यहीँ बसेर काम गर्न चाहने कामदारको सुविधाको लागि अस्थायी राहदानी वितरण थालेका हौँ’, मलेसियाका  लागि  नेपाली राजदुत डा.ऋषिराज अधिकारीले भन्नुभयो, ‘यसो गर्दा नेपाली कामदारले पाएको काम पासपोर्टकै कारणले गुम्दैन ।’

अस्थायी राहदानीको अवधि १८ महिनाको हुने  र मलेसियामा काम गर्नको लागि मात्र यो प्रयोग हुने छ । १८ महिना पछि भने अनिवार्य रुपमा एमआरपी बनाउनुपर्ने राजदुत डा. अधिकारीले बताउनुभयो । आवश्यक कागजपत्र सहित आरएम १६० अर्थात झण्डै ४ हजार दुई सय ६० रुपैँया  तिरे पछि अस्थायी राहदानी जारी हुन्छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS