Home » » म्याग्दीकी १९ वर्षीया अनुषा मिस एयरहोस्टेज

म्याग्दीकी १९ वर्षीया अनुषा मिस एयरहोस्टेज

Written By Admins on Wednesday, December 28, 2011 | 12:43 AM

 म्याग्दीकी १९ वर्षीया अनुषा भण्डारीले राजधानीमा सम्पन्न दोस्रो मिस एयरहोस्टेज २०११ को ताज पहिरिएकी छिन्। २१ प्रतिस्पर्धीलाई उछिन्दै भ्युवर च्वाइसको विधामा समेत विजेता बनेकी अनुषाले उपाधिसँगै २५ हजार रुपियाँ पनि प्राप्त गरिन्।

सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा बेस्ट स्माइलसहित बुटवलकी १८ वर्षीया तुलसासिंह ठकुरी फस्ट र बेस्ट पर्सनालिटीसहित पोखराकी १९ वर्षीया लता तिलिजा सेकेन्ड रनरअप भइन्। फस्ट रनरअप तुलसाले २० हजार रुपियाँ र सेकेन्ड रनरअप लताले १५ हजार रुपियाँ प्राप्त गरिन्। उपाधिसँगै तीनै जनाले साउथ वेस्टर्न स्टेट कलेज वसुन्धराबाट एकवर्षे छात्रवृत्ति पाएका छन्। प्रतियोगितामा शर्मिला गुरुङले फ्रेन्ड शोभा केसीले क्याटवाक र ड्रेस सविता केसीले फोटोजेनिक चिजा गुरुङले स्किन सुजाता पुनले हेयर शर्मिला थापाले पपुलर र शिला शिल्पकारले फिगर विधामा कब्जा जमाए।

 रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा गुण एयरका पाइलट प्रज्वल केसी सोही एयरका चिफ स्टाटेजिक अफिसर घनश्याम आचार्य, नेपाल एयरलाइन्सकी चिफ अफ क्याबिन क्र्यु माधुरी मल्ल जोशी, अग्नि एयरकी एयरहोस्टेज चिफ अंजली शर्मा र नेपाल एयरलाइन्सकी आईएफएस गौरीकला थापा थिए।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS