Home » » दलितद्धारा नेपाल बन्द सहितका आन्दोलनको घोषणा

दलितद्धारा नेपाल बन्द सहितका आन्दोलनको घोषणा

Written By Admins on Wednesday, December 28, 2011 | 2:48 AM

१३ पुस, काठमाडौं । प्रमुख राजनीतिक दलहरुका दलित भातृ संगठन संलग्न संयुक्त राजनीतिक दलित संघर्ष समितिले दलित हत्या र जातीय भेदभावको विरुद्ध नेपाल बन्द सहितको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस १७ नेपाल बन्दसहितको चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार पुस १४ गते विहान १० देखि ११ बजेसम्म एक घण्टा देशब्यापी रुपमा चक्का जाम, १५ गते दलित नागरिक समाज र मानवअधिकारबादीहरुबीच अन्र्तक्रिया र पुष १६ गते साँझ देशब्यापी मसाल जुलस प्रदर्शन रहेको छ । संघर्ष समितिले आफूहरुको पाँचबुँदे मागमा सरकारले बेवस्ता गरेकोले बाध्य भई आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको दावी गरेको छ ।

संघर्ष समितिले कालिकोटमा चुलो छोएको निहुँमा हत्या गरिएका मनवीर सुनारका हत्यारा मिमबहादुर शाही, दिपबहादुर शाही र हत्याका लागि उक्साउने बालकुमारी शाहीलाई कडा कारवाही गर्न, मृतकका बालबच्चाको पालन पोषण र निशुल्कउच्च शिक्षाको ब्यवस्था गर्न र सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्न, ऐनको कार्यान्वयन र दलित हत्या र अपमानजनक ब्यवहारको घटनाको छानविन र दोषीहरुमाथि कारवाही गर्दै जातीय उत्पीडनको घटनालाई नियन्त्रण गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका अध्यक्ष तीलक परियारले आफूहरुको माग बेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनमा गएको बताउनु भयो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS