१३ पुस, काठमाडौं - बेल्हा
गाविस-६ का सुरेश साहको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरी चौकी
बेल्हाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश दाससहित ११ जना प्रहरीलाई
जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।
गत बुधबार राति डकैती समूहले सुरेशको
हत्या गरेको थियो । डकैतहरुको आक्रमणबाट सुरेशको परिवारका अन्य ६ जना सदस्य
घाइते भएका थिए । डकैत समूहले सुरेशको घरबाट १० लाख मूल्यभन्दा बढी धनमाल
समेत लुटेर लगेको थियो । त्यसरी करिब दुई घण्टा सम्म लुटपाट भई सुरेशको
हत्या हुँदा सम्म पनि दुई सय मिटर दूरीमा रहेको प्रहरीले पत्तो नपाउनुमा
प्रहरीकै संलग्नता रहेको हुनसक्ने स्थानीय बासिन्दाले आरोप लगाउँदै आएका
थिए ।
विष्णुपुर चोकमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक समेत रहेका
सुरेशको हत्यापछि बेल्हा प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाही गर्न
लहान उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले माग गर्दै आइरहेका थिए ।
प्रहरी सहायक निरीक्षक गणेश दास बाहेक अन्य हिरासतमा राखिएका प्रहरीको नाम र दर्ता खुलाइएको छैन ।
Home »
» प्रहरी सहायक निरीक्षकसहित ११ जना प्रहरी हिरासतमा
0 : बिचार र सुझाबहरु:
Post a Comment