Home » » साढे ४२ करोड डलर तिरेर हलिउड हिरोको सम्बन्धविच्छेद

साढे ४२ करोड डलर तिरेर हलिउड हिरोको सम्बन्धविच्छेद

Written By Admins on Wednesday, December 28, 2011 | 4:49 AM

लस एन्जल्स, पुस १३ (एजेन्सी)- हलिउड अभिनेता मेल गिब्सन र उनकी पत्नी रोबिनबीचको ३१ वर्षे दाम्पत्य जीवन टुंगिने भएको छ। शुक्रबार एक न्यायाधिशले गिब्सन र रोबिनबीचको सम्बन्धविच्छेद प्रक्रियालाई निष्कर्षमा पुर्‍याएका छन्।

अब रोबिन गिब्सनले आफ्नो पुरानो नाम रोबिन डेनिस मुर प्रयोग गर्न पाउनेछिन् तर सम्बन्धविच्छेदको विस्तृत विवरण अहिले गोप्य राखिएको छ। आउँदो जनवरी ९ देखि सम्बन्धविच्छेदले वैधानिक मान्यता पाउनेछ l



अहिले ५५ वर्ष पुगेका गिब्सनले रोबिनसँग अस्ट्रेलियामा सन् १९८० मा बिहे गरेका थिए। उनीहरुका सात छोराछोरी र तीन नातिनातिना छन्।
यी दम्पती अलग्गै बस्न थालेको भने सन् २००६ देखि नै हो, जब गिब्सनलाई क्यालिफोर्नियामा मद्यपान गरी सवारी हाँकेको आरोपमा पक्राउ गरिएको थियो। सन् २००९ मा रुसी गायिका ओक्साना ग्रिगोरिभाबाट गिब्सनको छोरी जन्मिएपछि पत्नी रोबिनले सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्। ओक्साना र गिब्सनको सम्बन्ध सन् २०१० मा टुटिसकेको छ। ओक्सानालाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र छोरीको देखभालका लागि आवश्यक खर्च तिर्ने सहमतिपछि सम्बन्ध टुंगिएको थियो।

'ब्रेभहार्ट', 'एपोक्लिप्टो', 'दि प्यासन अफ दि क्राइस्ट' जस्ता फिल्म निर्देशन पनि गरेका गिब्सनले पत्नी रोबिनलाई सम्बन्धविच्छेदसँगै ४२ करोड ५० लाख डलर बराबरको सम्पत्ति दिनेछन्। बिहेपछि गिब्सनले कमाएको ८५ करोड डलरको आधा हिस्सा हो यो।

यो हलिउडकै सबैभन्दा महँगो सम्बन्ध विच्छेद मानिएको छ। यसअघि सन् १९८९ मा निर्देशक स्टेभन स्पिलबर्गले सम्बन्धविच्छेद गर्दा पत्नीलाई १० करोड डलर तिरेका थिए।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS