Home » » माओवादी बैठकमा देव गुरुङको १५ बुँदे असहमति पेश

माओवादी बैठकमा देव गुरुङको १५ बुँदे असहमति पेश

Written By Admins on Wednesday, December 28, 2011 | 7:07 AM

१३ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले १५ बुँदे असहमति पेश गर्नु भएको छ ।
अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टीमा निर्णय नै नगरी संवैधानिक समिति अन्तरगतको विवाद समाधान उपमिथिको बैठकमा पार्टीको अडान छाडेको भन्दै गुरुङले असहमति पेश गर्नु भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकमा असहमति पेश गर्दै नेता गुरुङले अध्यक्ष प्रचण्ड पार्टी निर्णय विपपिरत चलेको आरोप समेत लगाउनु भएको छ ।

नेता गुरुङले विवाद समाधान उपसमितिमा अध्यक्ष प्रचण्डले छाडेका अडानहरू संकलन गरेर पेश गर्नु भएको हो । संविधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्नुपर्ने, मतदाताको उमेर १६ बर्ष हुनुपर्ने, निजी सम्पत्ती र जग्गामा हदवन्दी तोक्नुपर्ने र हदवन्दी भन्दा बढीको जग्गामा मुआव्जा दिन नहुने लगायतका पार्टीको बटमलाइनमा प्रचण्डले धोका दिएर एकलौटी सहमति गरेको गुरुङको आरोप छ ।
बैठकमा नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन वैद्य किरणको फरक मतका विभाजित भएर प्रस्तुत भएका छन् । उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका संस्थापन पक्षका नेताहरुले प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् भने बैद्य पक्षले किरणको फरक मतको समर्थन गरेका छन् ।

बैठकमा पदाधिकारी र स्थायी समिति सदस्यहरु कृष्णबहादुर महारा, अमिक शेरचन, नेत्रविक्रम चन्द विप्लप र देव गुरुङले बोल्नु भएको छ । श्रोतका अनुसार महराले भने मध्यमार्गी धारणा राख्नु भएको थियो ।
शनिबारबाट सुरु भएको बैठकमा प्रचण्डले अहिले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने प्रस्ताव गर्नु भएको छ भने उपाध्यक्ष किरणले शान्ति र संविधान संविधान निर्माण प्रक्रिया तथा सरकारबाट बाहिरिएर जनविद्रोहमा जाने फरक मत पेश गर्नुभएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS