९ माघ, काठमाडौँ । सुनसरीको पकलीमा आज बिहान मालबाहक ट्रकको ठक्करबाट एकै परिवारका ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिततर्फ आउँदै गरेको ना.४ ख ७९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएर किच्दा सडक छेउमा बस कुरिरहेका उनीहरुको मृत्यु भएको प्रहीले जनाएको छ । मृत्यु हुनेमा पकली-३ का कृष्ण राउत र उनकी श्रीमती तारा तथा छोरा बुहारी बाबुराम र शारदा तथा छोरी कमला केसी र सात वर्षीया नातिनी सिलु रहेको जिल्ला प्रहरीकार्यल सुनसरीले जानकारी दिएको छ ।
तीव्र गतिका कारण ट्रक अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुमानले देखाएको छ । घटनापछि ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment